एजेन्सी । हङ्कङले घातक कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै चीन मुख्य भूमिबाट आउने जो सुकैलाई दुई हप्ता क्वारन्टीनमा राख्न सुरु गरेको छ।
चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ। स्थानीय बासिन्दाहरू आफ्नै घरमा बस्नु पर्नेछ।
नयाँ नियम उल्लङ्घन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको छ।
यसैबीच चीनमा कोरोनाभाइरसका कारण एकजना अमेरिकीसहित ७२२ जनाको मृत्यु भएको छ। एकजना जापानीको पनि भाइरस सङ्क्रमणकै जस्तो लक्षणका कारण ज्यान गएको छ।
६० वर्षीय अमेरिकी नागरिक पहिलो गैरचिनियाँ भाइरस सङ्क्रमितको वुहानस्थित अस्पतालमा बिहीवार निधन भएको थियो। बेइजिङस्थित अमेरिकी राजदूतावासका प्रवक्ताले त्यसको विस्तृत विवरण दिएनन्।
त्यसैगरी जापानी विदेश मन्त्रालयले पनि ६० वर्ष नाघेका एक जापानीको वुहानमा मृत्यु भएको जनाएको छ। उनको निधन भाइरल न्यूमोनियाबाट भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
चीनमा अहिलेसम्म ३५,५४६ लाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चीन बाहिर २५ देशमा २७० जनालाई उक्त भाइरस सङ्क्रमण भएको छ।
एकजनाको हङकङमा र दोश्रो व्यक्तिको फिलिपिन्समा मृत्यु भएको छ।
हङ्कङ आउन लाम लागेका हजारौँ थिए र चीनले शानजेनमा जाँच कडा गरिएको छ
हङकङमा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ।
सीमावर्ती चिनियाँ शहर शानजेनमा दशौँ हजार मानिसहरू शुक्रवार मध्यरातका लागि तोकिएको समयसीमा अगावै सीमा पार गर्न लाम लागेका थिए।
तर शनिवार बिहानसम्म शान्जेन स्थित बन्दरगाह पार गर्न थोरै मानिस आएका थिए।
शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले चीनमा गत दुई दिनमा सङ्क्रमण हुने सङ्ख्या रिपोर्ट गरिएको भनिएपछि सकारात्मक रूपमा लिइएको छ। तर डब्लूएचओका महानिर्देशक टेड्रोस अडनम गेब्रेयेससले घटेको सङ्ख्याबारे धेरै विश्लेषण गर्न नहुनेमा सतर्क बनाए।
उनले संवाददाताहरूलाई कोरोनाभाइरस प्रकोपले विश्वव्यापी रूपमा औषधीजन्य बस्तुहरू, गाउन, मास्क र पञ्जाहरूको अभाव भएको बताए।
चीनमा निधन भएका डाक्टरका प्रति हङ्कङमा श्रद्धाञ्जली प्रकट गरिएको थियो । गेब्रेयेससले भने, \'जब बस्तु कम उपलब्ध हुन्छ र माग बढी हुन्छ त्यसबेला झन धेरै जम्मा पार्ने र चर्को मूल्यमा बिक्री गर्ने नराम्रो प्रवृत्ति देखा पर्न सक्छ।\'
उनले यस्ता बस्तु उपलब्ध गराउने व्यवसायीलाई नाफा बढाउने उपाय खोज्न भन्दा मानवीयता जोगाउन आग्रह गरेका छन्।
डब्लूएचओको नयाँ तथ्याङ्क अनुसार १७,००० सङ्क्रमित मध्ये ८२ प्रतिशतमा मध्यम प्रभाव परेको, १५ प्रतिशतमा नराम्रो प्रभाव परेको र ३ प्रतिशत गम्भीर जोखिममा परेको पाइएको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: