Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

महाभियोगमा उनीविरुद्ध बयान दिएका दुई अधिकारीलाई ट्रम्पले गरे बर्खास्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीमाथि लागेको महाभियोग प्रस्तावमा आफूविरुद्ध बयान दिएका दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरेका छन्।

ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्यान्डले भने \'राष्ट्रपतिले तत्काल लागु हुने गरी मलाई फिर्ता बोलाउन सुझाव दिएको भनिएको छ।\'

केही घण्टा अगाडि युक्रेन मामिलाका वरिष्ठ विज्ञ लेफ्टिनेन्ट कर्णेल अलेक्जेन्डर भिन्डम्यानलाई ह्वाइट हाउसबाट निष्कासन गरिएको थियो।

बुधवार महाभियोगमा सिनेटरहरूबाट सफाइ पाएपछि ट्रम्पले कर्मचारीतन्त्रमा उथलपुथल गर्ने चाहना राखेको बताइएको छ।

ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई युक्रेन मामिलामा महाभियोग नलगाउने निर्णय लिएको थियो।

राष्ट्रिय सुरक्षा परिषद्‍मा वरिष्ठ वकिल तथा भिन्डम्यानका जुम्ल्याहा भाइ येभजेनी भिन्डम्यानलाई पनि सैन्य विभागमा फिर्ता पठाइएको थियो।

सन्डल्यान्डका वकिलले जारी गरेको विज्ञप्तिमा सन्डल्यान्डले भनेका छन्, \'राष्ट्रपतिले मलाई ईयूका लागि अमेरिकी राजदूतबाट तत्काल फिर्ता बोलाएको भनियो। \'

\'म सेवा गर्ने मौका दिएकोमा राष्ट्रपति ट्रम्प, निरन्तरको समर्थनप्रति मन्त्री माइक पोम्पेओ र ईयू कार्यालयमा काम गर्ने व्यवसायिक तथा समर्पित कर्मचारीप्रति आभारी छु।\'

कसरी भिन्डम्यान हटाइए ?
भिन्डम्यानका परामर्शदाता डेभिड प्रेसम्यानले बीबीसीलाई भने, \'उनको देश र राष्ट्रपतिको सेवा गरेका भिन्डम्यानलाई ह्वाइट हाउसबाट निकालियो।\'

विज्ञप्तिमा भनिएको छ, \'कुनै पनि अमेरिकीको मनमा यी सैन्य अधिकारीको जागिर किन सकियो र यो मुलुकमा ह्वाइट हाउसमा सेवा गर्ने सिपाहीको सङ्ख्यामा किन एउटा सङख्या कम भयो भन्नेबारे प्रश्न छैन।\'

\'भिन्डम्यानलाई सत्य बोलेकामा छोड्न भनिएको हो। सत्यप्रति उनको प्रतिबद्धता र सम्मानले शक्तिशालीहरूलाई त्रस्त बनाइदियो।\'

\'सत्यतामा अडिग हुँदा उनको जागिर र गोप्यता समाप्त भयो।\'

विज्ञप्तिमा भनिएको छ, \'संसारको सबभन्दा शक्तिशाली मान्छेले बदला लिने निर्णय गर्‍यो।\'

भिन्डम्यान सँधैजसो काम गर्न शुक्रवार पनि ह्वाइट हाउस पुगेका थिए।

ट्रम्पले के भने ?
नर्थ क्यारोलाइनास्थित कार्यकारी भवन छोड्नुअघि राष्ट्रपति ट्रम्पले संवाददाताहरूसँग भने, \'म उनी (भिन्डम्यान)सँग खुशी छैन। म उनीसँग खुशी हुनुपर्छ र रु म खुशी छैन।\'

त्यसपछि ट्रम्पले अरू प्रतिक्रिया व्यक्त गरेका छैनन्।

ट्रम्पविरुद्ध अभिव्यक्ति दिएका अरू पनि निष्कासनमा पर्ने ठानिएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending