कास्की । गण्डकी प्रदेशसभाको दुईवर्षे समयावधिमा चार संशोधनसहित ३५ विधेयक पारित भएका छन् ।
प्रदेशसभा सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक २०७४ माघ २२ शुरु भएयता हालसम्म चारवटा अधिवेशन सम्पन्न भई पाँचौँ चालु रहेको जानकारी गराए । उहाँका अनुसार प्रदेशसभाको पहिलो अधिवेशनमा नौ, दोस्रोमा १३, तेस्रोमा छ, चौथोमा छवटा विधेयक पारित भएका थिए । चालु अधिवेशनमा एउटा विधेयक पारित भएको छ । दुईवटा विधेयक विधायन समितिमा दफवार छलफलका क्रममा छन् । दुईवटा प्रदेशसभामा विचाराधीन छन् । यसबीचमा भौतिक पूर्वाधारका काम अघि बढेको बताउँदै उनले प्रदेशसभाका समिति र संसदीय दलको कार्यालय सञ्चालनका लागि प्री–फ्याब भवनको निर्माण सम्पन्न हुने चरणमा रहेको जानकारी दिए ।
प्रदेश अन्तर्गतका जिल्ला समन्वय समितिसँग भिडियो कन्फरेन्सको माध्यमबाट सम्पर्क स्थापनाका लागि युएनडिपी संसद् सहयोग परियोजनाको सहयोगमा कन्फेरेन्सिङ हल स्थापना भएको उनले बताए । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यस अवधिमा सभाका काम प्रभावकारी रुपमा अघि बढेको बताउँदै धेरैजसो ऐन सर्वसम्मत रुपमा पारित भएको उल्लेख गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: