पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।
नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् सङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताए ।
अध्यक्ष प्रचण्डले पोखरास्थित सङ्ग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवम् सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न चाहने जो कोही लाभान्वित हुने बताए । “भूगर्भशास्त्रीय अध्ययन गर्न चाहनेका लागि पनि सङ्ग्रहालय महत्वपूर्ण बनेको छ”, उनले भने, “यसको व्यवस्थित विकासका लागि म आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
उल्लासका साथ भ्रमण वर्ष २०२० मनाइरहेको प्रसङ्ग उल्लेख गर्दै उनले यसको शुरुआतमा नै चीनमा देखिएको कोरोना भाइरसको हल्लाका कारण यहाँको पर्यटनमा सामान्य प्रभाव परे पनि यो चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे।
अध्यक्ष प्रचण्डले विश्वकै उत्कृष्ट पर्यटकीयस्थल पोखरामा सङ्ग्रहालय स्थापना भएको बताउँदै यो विश्वभरिका पर्यटकका लागि अवलोकन गर्न आउने स्थलका रुपमा विकास हुनुपर्ने आवश्यकता औँल्याए ।
पोखरा विमानस्थल सम्पन्न हुने चरणमा रहेको प्रसङ्ग उल्लेख गर्दै उनले यहाँका जनताको आर्थिक विकास एवम् समृद्धिका लागि बृहत् चक्रपथ निर्माण गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई व्यवस्थित एवम् प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिँदै यसमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पर्वतीय सङ्ग्रहालयले पोखराको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले वार्षिक तीन लाख पर्यटकले सङ्ग्रहालय अवलोकन गरेको जानकारी दिए। हिमाल आरोहणका क्रममा मृत्यु भएकाको आत्माशान्तिको कामना गर्दै तेस्रोपटक विश्व शान्ति पूजा गरिएको उनले बताए ।
यसअघि अध्यक्ष प्रचण्डले सङ्ग्रहालयको अवलोकनका साथै नेपाल पर्वतारोहण सङ्घको झण्डा झण्डोत्तोलन गरे । उनले पर्वतीय सङ्ग्रहालयका संस्थापकहरूको सालिकमा पनि माल्यार्पण गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: