Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

कोरोना संक्रमण: चीनबाट ल्याएपछि १४ दिन निगरानीमा

काठमाडौँ । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलबार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निमोनिया गराउने नोवल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ । उक्त घोषणापछि सबभन्दा जोखिम रहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ ।

मन्त्रालयका अनुसार वुहानबाट ६२ सहित हुवेई प्रान्तका अन्य मुख्य सहरबाट समेत गरी १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको हो। ‘मंगलबार बेलुकासम्म क्वारेन्टाइन स्थल निर्धारण गरिसक्ने छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘चीनबाट आफ्ना नागरिक फिर्तापछि अन्य मुलुकले जस्तै हामीले पनि फर्काइएकालाई क्वारेन्टाइनमै राख्नुपर्छ ।’

आइसोलेसन (पृथकीकरण) र क्‍वारेन्टाइन भनेको संक्रामक रोगको विस्तार कम गर्न जनस्वास्थ्यअन्तर्गत अपनाइने प्रक्रिया हो । यसमा संक्रामक रोग भएकालाई स्वस्थ व्यक्तिको सम्पर्कभन्दा अलग राखेर सुरक्षा उपकरणले सुसज्जित विशेषज्ञबाट उपचार गरिन्छ । सर्ने रोगको सम्पर्कमा आएका स्वस्थ व्यक्तिलाई पनि यहाँ छुट्टै राखेर अन्य व्यक्तिसँग हिमचिम हुन दिइँदैन । उनीहरू बिरामी परे–नपरेको जान्न परीक्षण गरिनेछ ।भारतले चीनबाट फिर्ता गरेका तीन सय जनालाई सेनाको निगरानीमा १४ दिनसम्मका लागि क्याम्पमा राखेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार क्वारेन्टाइन स्थल बस्तीबाट कति टाढा हुनुपर्ने र त्यहाँ दुई सातासम्म अन्य व्यक्ति सम्पर्कमा नआउने गरी राख्न कस्ता सुविधा हुनुपर्ने लगायत विषयमा मन्त्रालयका पदाधिकारी छलफलमा छन् । विभिन्न पक्षसँगको छलफलअनुसार क्वारेन्टाइन स्थल नेपाली सेनाको शिवपुरी ब्यारेक र भक्तपुरको बोडेस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायतका ठाउँ हुन सक्ने स्रोतले जनाएको छ ।

मन्त्रालयका पाँच टोली सोमबार पनि सम्भावित स्थल खोजी गर्न परिचालित थिए । क्‍वारेन्टाइनमा राखिनेहरूका लागि ओढ्ने–ओछ्याउने र खेल्ने लगायत आवश्यक ३६ थरीका सामग्री खरिद गर्ने तयारी भएको प्रवक्ता श्रेष्ठले बताए। उनले भने, ‘सबै युवा छन् । उनीहरूलाई उचित खानपान र मनोरञ्जनको व्यवस्था हुनुपर्छ । खेलकुद र इन्टरनेटलगायत सुविधा पनि दिइनेछ ।’

क्‍वारेन्टाइनका क्रममा एउटा कोठामा दुईरतीन जनाभन्दा बढी राख्न नहुने धारणा मन्त्रालयका विशेषज्ञहरूको छ । एउटा कोठामा एक जनाभन्दा बढीलाई राख्नुपरे दुई शय्याबीचको दूरी न्यूनतम एक मिटर हुनुपर्नेतर्फ विचार पुर्‍याइनेसमेत स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । ‘चीनबाट आउने नेपाली स्वस्थ व्यक्ति हुन् । उनीहरूमा आउने दिनसम्म कुनै लक्षण नदेखिएको हुनुपर्छ,’ श्रेष्ठले भने, ‘यदि आउने दिनसम्म कसैलाई चीनमै संक्रमण देखियो भने उनले मुलुक फर्कन पाउँदैनन्, उतै उपचार हुनेछ ।’ क्वारेन्टाइनमा रहनेहरूको संक्रमण, ज्वरो आदिको नियमित परीक्षण गरिनेछ । उनीहरूमा दुई सातासम्म ज्वरो तथा संक्रमण आदिको लक्षण नदेखिए मात्र त्यहाँ राखिन्छ । ज्वरो र संक्रमणको लक्षण देखियो भने तुरुन्त क्वारेन्टाइनबाट हटाएर टेकुको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिने श्रेष्ठले जनाए ।

डब्लूएचओका अनुसार हालसम्म कोरोना भाइरसको प्रयोगशाला प्रमाणित १९ हजारभन्दा बढी केस विश्वभरमा देखिइसकेका छन् । यो संक्रमणबाट हालसम्म चीनमा ४ सय २५ जना र चीन बाहिर फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ । यो संक्रमण चीनबाहेक नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, जापान, भियतनाम, कोरिया, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, कम्बोडिया, फिलिपिन्स, अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, जर्मनी, इटाली, रुस, स्पेन, स्वीडेन, बेलायत र युनाइटेड अरब इमिरेट्समा देखिइसकेको छ ।

हालसम्म एक जना मात्र संक्रमित
स्वास्थ्य मन्त्रालयले मुलुकमा हालसम्म एक जनाबाहेक अन्यमा नोवल कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । मन्त्रालयका स्वास्थ्य आपत्कालीन कार्य सम्पादन केन्द्रका प्रमुख सागर दाहालले हालसम्म १४ जनाको प्रयोगशाला परीक्षण गरिएकामा एक जनामा पोजेटिभ, १० जनामा नेगेटिभ र बाँकी तीन जनाको प्रतिवेदन आउन बाँकी रहेको जानकारी दिए ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आइसोलेसन वार्डमा सोमबार राति कुनै शंकास्पद व्यक्ति भर्ना नरहेको निर्देशक डा। वासुदेव पाण्डेले बताए । शंकास्पद दुई जना बिरामी प्रयोगशाला प्रतिवेदनमा नोवल कोरोना भाइरसको संक्रमण नदेखिएपछि डिस्चार्ज भएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: