Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

रोल्पा । जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्। आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन्। लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी हुन्। पढाइ छाडेर सानै उमेरमा बिहे गरेकी जयकला अहिले आफ्ना दौंतरीहरूले विद्यालय गएको देख्दा नरमाइलो मान्छिन्। हाल वैदेशिक रोजगारीमा गएका पतिले पनि खासै नपढेको उनले सुनाउँछिन्। ‘सानैमा बिहे गर्दा पढाइ बिग्रियो, खेल्नेपढ्ने उमेरमा बच्चा हुर्काउनुपरेको छ,’ उनी भन्छिन्, ‘श्रीमान् बिदेसिए पनि घरपरिवारलाई रिझाएर बस्नुपरेको छ।’ बालविवाह अन्त्य नहुँदा रोल्पामा अझै बर्सेनि जयकलाजस्ता सयौं किशोरी आमा बनिरहेका छन्।

आजको नागरिक दैनिकमा खबर छ - गत शुक्रबार पश्चिम रोल्पाकी १५ वर्षीया गर्भवती अस्पताल आइन्। डा. प्रकाश बुढाले भिडियो एक्सरे गरे। उनको पेटमा उल्टो उल्टो बसेको देखियो। सानो उमेरकी गर्भवती भएकाले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिइयो। करिब ६ घन्टाको पारिवारिक छलफल र आर्थिक जोरजाम गरेर उनलाई बाहिर लगियो। त्यस्तै पूर्वी रोल्पाको सुलीचौरमा एक १७ वर्षीया किशोरी बिहे गरेको चार महिनामै गर्भवती भइन्। बच्चा जन्माउने रहर नभएकी उनले निजी अस्पतालबाट पाँच हजार तिरेर गर्भपतन गराउने औषधि खाइन्। भोलिपल्ट अत्यधिक रगत बगेपछि प्युठान अस्पतालमा पुगेर पाठेघर सफा गराइन्। अहिले उनी बालविवाह र अनपेक्षित गर्भप्रति पश्चात्ताप गर्छिन्।

यी त केही प्रतिनिधि घटना मात्र हुन्। यस्ता फरकफरक कथा यहाँका अस्पताल वा स्वास्थ्य संस्थामा दैनिक देखिन्छन्। रोल्पा जिल्ला अस्पतामा यो आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई सय ३८ सुत्केरी भएकोमा ५१ जना २० वर्षमुनिका थिए। तीमध्ये आठजनाको अवस्था जटिल देखिएपछि शल्यक्रिया गर्नुपरेको अस्पतालको तथ्यांकले देखाएको छ। अस्पतालको तथ्यांकअनुसार अघिल्लो ६ महिनामा औषधि सेवन तथा उपकरण प्रयोग गरेर एक सय एकजनाको गर्भपतन गरिएकोमा सातजना २० वर्षमुनिका थिए। त्यसैगरी विभिन्न महिलाका तीन सय ८६ पटक गर्भ जाँच गरिएकोमा ६२ पटक २० वर्षभन्दा कम उमेरका किशोरीको गर्भ जाँच भएको थियो। त्यसो त यहाँ गर्भनिरोधका साधन प्रयोगकर्तामध्ये २० वर्षमुनिका किशोरी धेरै रहेको तथ्यांकले देखाएको छ।

दैनिक विभिन्न उमेरका गर्भवतीको गर्भ जाँच गर्ने रोल्पा अस्पतालकी स्टाफ नर्स मीना कवर बालविवाह बढिरहेको देखेर दिक्क छिन्। ‘देख्दै साना हुन्छन् तर गर्भजाँचका लागि आउँछन्,’ उनी भन्छिन्, ‘यहाँ जँचाउन आउनेभन्दा अस्पताल नै नआउनेको संख्या पनि ठूलो होला।’ बालविवाह न्यूनीकरणतर्फ सबैको ध्यान जानुपर्ने कवर बताउँछिन्। ‘त्यसतर्फ ध्यान दिइएन भने स्वस्थ परिवारको संख्या घट्दै जानेछ,’ उनी भन्छिन्। सानो उमेरको विवाहका कारण पढाइ बिग्रनु त छँदै छ, त्योभन्दा ठूलो समस्या किशोरीहरू थप जोखिममा परिरहेका छन्। स्थानीय सरकारले बालविवाह न्यूनीकरण गर्ने भनेर विभिन्न योजना ल्याउने गरे पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। गाउँगाउँमा कानुनविपरित विवाह भइरहँदा कहीँकतैबाट नियन्त्रणका लागि ठोस पहल नथालिनु दुखद भएको स्टाफ नर्स कवर बताउँछिन्।

लामो समयदेखि रोल्पा अस्पतालमा जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया गर्दै आएका डा. प्रकाश बुढा जिल्लामा किशोरीहरू आमा बनिरहेको देखेर अचम्मित छन्। सरोकारवाला निकायले यसतर्फ खासै चासोसमेत नदिएको उनको बुझाइ छ। ‘हरेक हिसाबले बालविवाह गर्दा नकारात्मक असर गर्छ। झनै स्वास्थ्यका हिसाबले त गर्नु नै हुँदैन,’ डा. बुढा भन्छन्, ‘यहाँ विवाह गर्नेहरूले बच्चा जन्माउन पनि उत्तिकै हतार गर्ने गरेको पाइन्छ।’

गाउँगाउँमा बालविवाह व्यापक रूपमा भइरहँदा प्रहरीकोमा उजुरीसमेत पर्दैन। बालविवाह भइरहेको थाहा पाए पनि प्रहरीले त्यसविरुद्ध कुनै गतिविधि गर्दैन। ‘प्रहरीले उजुरी पर्खनु त्यति राम्रो होइन, सुनेदेखेपछि एक्सनमा जानुपर्ने हो तर रोल्पामा सरोकारवाला सबै निकाय बालविवाहका सवालमा मौनजस्तै देखिन्छन्।’ पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन्, ‘जिल्लामा बालविवाह जटिल बन्दै गइरहेको छ।’ स्थानीय तहका जनप्रतिनिधि मतदाता बिच्किने डरले विरोधमा बोल्दैनन्। कतिपय जनप्रतिनिधि त बालविवाहको भोज खानसमेत पुग्ने गर्छन्। हरेक गाउँबाट दर्जनौं बालबालिका मजदुरी गर्न वा बालविवाह गरेका कारण विद्यालय छाड्ने गर्छन् तर स्थानीय सरकारले यस्ता विषयमा ध्यान केन्द्रित गर्न सकेको छैन।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending