काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै पाँच मुद्दा दायर गरेको छ । आयोगले घुसकाण्डमा मुछिएका रिजालविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । दोलखाको सिडिओका रूपका कार्यरत रहँदा आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न घुस लिई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनलाई गत १५ पुसमा नियन्त्रणमा लिएको थियो । एक महिनाभन्दा लामो अनुसन्धानपछि आयोगले रिजालविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - रिजालमाथि आयोगले ३५ हजार, ७७ हजार ६ सय, ९० हजार, ५० हजार र चार लाख रुपैयाँ बिगोसहितका पाँचवटा मुद्दा दायर गरेको छ । आफ्नो क्षेत्राधिकार र कर्तव्य हुन आउने काम नगरी रिजालले मोलाहिजा, डरत्रास, गालीगलौज र झुक्याएर सेवाग्राहीबाट घुस लिएका थिए । महिलासम्बन्धी मुद्दा लाग्छ, थुनिदिन्छु, जागिर जान्छ, जिल्ला प्रशासन कार्यालयमा हाजिर गराउँछु जस्ता पदीय मर्यादाविपरीतका गतिविधि गरी उनले घुस लिएको आयोगले जनाएको छ ।
अनुगमन नै नगरी भ्रमण भत्ता
निलम्बित सिडिओ रिजालको एउटा मुद्दा भने भत्तासम्बन्धी छ । अभिलेख खातामा दर्ता नगरी र कुनै प्रतिवेदन पेस नगरी तथा बिलसमेत स्वीकृत नगरी अनुगमनमा गएको भनी कानुनविपरीत भत्ता बुझेको आरोपमा आयोगले उनीविरुद्ध ७७ हजार ६ सय रुपैयाँ बिगोदाबीसहितको मुद्दा दायर गरेको छ । अनुगमनमा गएको भनी भ्रमण भत्तासमेत बुझेको दिनमा उनी कार्यालयमै बसी आफैँले सुरक्षा समितिको बैठक राखी, विभिन्न पत्रहरूमा हस्ताक्षर गरेको र म्याद थपको आदेशसमेत दिएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
रिजाल अख्तियारमै काम गरेका कर्मचारी हुन् । अख्तियारबाट सरुवा भएर उनी गृह मन्त्रालय पुगेका थिए । गृह मन्त्रालयमा केही समय काम गरेपछि उनी पछिल्लो समय दोलखाको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए । गत १८ मंसिरमा उनले दुईवटा मुद्दाका तीनजना अभियुक्तसँग एक लाख ११ हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो ।
पीडितले थोरैको भर्पाइ दिएर धेरै पैसा लिएको भन्दै प्रश्न गरेलगत्तै भोलिपल्टै उनले रकम फिर्ता गरे । त्यसलगत्तै गृह मन्त्रालयले उनलाई मन्त्रालय तान्यो । उनीविरुद्ध भ्रष्टाचारजन्य काम गरेको सम्बन्धमा अनुुसन्धान भइरहेको र पदमा बहाल रहँदा आफूविरुद्धको प्रमाण लोप तथा नष्ट गराउने भन्दै अख्तियारले २४ मंसिरमा निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार ग¥यो । त्यही निर्णयका आधारमा गृहले उनलाई निलम्बन गरेको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: