Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एमसीसीमा नेकपाको बटमलाइन : परिमार्जन पछि कार्यान्वयन

काठमाडौं । नेकपा केन्द्रीय समिति बैठक आरम्भ गर्दैगर्दा प्रभावशाली नेताहरू भीम रावल, देव गुरुङ र लीलामणि पोखरेल अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्नै नहुने पक्षमा थिए । केन्द्रीय सदस्य नारायण शर्मालगायतले एमसीसी खारेज अभियान चलाइरहेका थिए । प्रधानमन्त्री केपी ओली पक्षधर नेताहरू परियोजना धेरै अगाडि बढिसकेकाले रोक्नै नहुनेमा थिए ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - प्रधानमन्त्री ओलीले एमसीसीलाई संसद्बाट छिटो पारित गरेर कार्यान्वयनमा लैजान पार्टीभित्र सक्रियता नै बढाएका थिए । २१ महिनासम्म पार्टी बैठक नबोलाइएकोमा आलोचनाको ‘निसाना’ छँदै थियो । एमसीसीका विषयमा चर्किएको विवादको सहज अवतरण पनि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका लागि सहज थिएन । अध्यक्ष दाहालका अनुसार दुई अध्यक्षबीच केन्द्रीय सदस्यले बैठकमा राख्ने ‘सम्भावित’ प्रस्तुतिबारे छलफल भयो । त्यही कारण राजनीतिक दस्तावेजमा दाहालले एमसीसीका विषयमा कुनै शब्दै उल्लेख गरेनन् ।

दाहालले त्यसको स्वीकारोक्ति पार्टी बैठकमा गरेका थिए । ‘प्रतिवेदनमा एमसीसी भनेर उल्लेख गरिएको थिएन । सचेततापूर्वक नै दस्तावेजमा नराखिएको हो’, दाहालले भनेका थिए, ‘वाक्य हेर्दा एमसीसीको पनि सम्बन्धसूत्र त देखिन्छ । तर प्रधानमन्त्रीले आफ्नो कुरा राखिसकेपछि कार्यसूची पारित गर्ने क्रममा सीमा विवाद र एमसीसी राख्नुपर्ने माग उठ्योे । मैले प्रतिवेदनको हिस्साभित्रै पर्छ भनेको थिएँ । तपाईंहरूको सुझावअनुसार कार्यदल बनेको छ । तपाईंहरूलाई बधाई !’

पार्टी बैठकमा प्रतिवेदनमाथि सुझाव राख्न दिएका १५ वटै समूहबाट एमसीसीमा अध्ययन गर्नुपर्ने आवाज उठ्यो । त्यसपछि नेकपा सचिवालयले अध्ययन कार्यदल गठन गर्ने मध्यमार्गी बाटो लिएको हो । नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओली एमसीसी अध्ययनका लागि कार्यदल गठनबारे त्यति सकारात्मक थिएनन् । तर सचिवालयका बहुसंख्यक सदस्यका अगाडि ओलीको जोर चल्ने अवस्था थिएन।

अन्ततः पार्टी सदस्यलाई ‘चुप’ लगाउनुपर्ने, बैठकको मैजारो सहज रूपमा गर्नुपर्ने र बीचको बाटो खोज्र्नेपर्ने दबाबमा नेकपा नेतृत्व पुग्यो । त्यसपछि बन्यो– वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेताहरू भीम रावल र प्रदीप ज्ञवाली संलग्न तीन सदस्यीय अध्ययन कार्यदल । खनाल एमसीसी सम्झौता परिमार्जनका पक्षमा, ज्ञवाली पारित गर्नुपर्ने र रावल यथास्थितिमा परित गर्ने नहुने पक्षका नेता हुन् । नेकपाले कार्यदलसँगै परियोजना अगाडि बढाउने तर केही विषयमा परिमार्जन गर्ने बाटो खोजेको छ ।

कार्यदलको कार्यविधि पारित

कार्यदलको सोमबार पहिलो बैठक वसेर कार्यविधि तय गरेको छ । ‘हामीले पहिलो बैठक गरिसक्यौं । बैठकले एमसीसीसँग सम्बन्धित सबै सरसामग्री संकलन गर्ने, अध्ययन गर्ने र सुझावसहितको प्रतिवेदन सचिवालयलाई दिने गरी कार्यविधि बनाएका छौं,’ कार्यदल संयोजकसमेत रहेका नेकपा वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘हामी जस्ताको तस्तै स्वीकार गर्नुपर्छ भन्ने तरिकाबाट जाँदैनौं । अस्वीकार गर्नुपर्छ भन्ने पक्षमा पनि छैनौं । कहीं न कहीं बीचको बाटो खोज्छौं ।’

कार्य दलले नेतृत्वलाई प्रतिवेदन दिएपछि सचिवालयले त्यसमा छलफल गरेर निर्णय लिने नेकपाले जनाएको छ । ‘संशोधन, परिमार्जन, आवश्यक परे अमेरिकासँगै संवाद के–के गर्नुपर्ने हो, सबै कार्यदलले दिएको सुझावका आधारमा निर्णय लिने भन्ने छ’, अध्यक्ष दाहालले एमसीसीबारे पार्टी बैठकमा भनेका थिए । दाहालको यो भनाइले पनि पुष्टि हुन्छ– नेकपा एमसीसीमा परिमार्जनपछि मात्र अगाडि बढ्न चाहन्छ ।

संशोधन गरे भविष्य अन्योलमा

एमसीसीका नेपाल प्रमुख खडकबहादुर बिष्टले भने सम्झौता संशोधन गर्न खोज्दा एमसीसीकै भविष्य अन्योलमा पर्न सक्ने बताउँछन् । ‘संशोधन गर्ने हो भने यसलाई अमेरिकी सिनेटमै लैजानुपर्ने हुन सक्छ । उता(अमेरिका) को ‘प्रोसेस’ पनि लामो छ’, विष्टले अन्नपूर्णसँग भने ।

केही न केही परिमार्जन हुनैपर्छ,
झलनाथ खनाल, अध्ययन कार्यदल संयोजक

कार्यदलको काम कसरी गर्दै हुनुहुन्छ?

– हामीले पहिलो बैठक गरिसक्यौं । बैठकले सरसामग्री संकलन गर्ने, एमसीसीको उदय, विकास र वर्तमान अवस्था के छ रु सम्झौताको प्रकृति के हो रु भन्ने बारेमा सम्पूर्ण दस्तावेज अध्ययन गर्ने र छलफलको कार्यसूची अगाडि बढाउने निर्णय गरेका छौं ।

कार्यदलको कार्यविधि बनाउनुभयो त ?

हो । पहिलो बैठकमै हामीले अध्ययन कार्यदलको कार्यविधि तय गर्‍यौं । अब त्यसैका आधारमा अगाडि बढ्छौं ।

कार्यदलले १० दिन समय पाएको छ, यो कत्तिको पर्याप्त हुन्छ ?

सकभर हामीले पाएको समयभित्रै सबै दस्तावेज अध्ययन गरेर सुझावसहितको प्रतिवेदन तयार पारिसक्छौं । कथंकदाचित सकिएन भने सचिवालयलाई जानकारी गराएर भए पनि काम गरेर प्रतिवेदन बुझाउँछौं ।

एमसीसी परिमार्जन भयो भने मात्र अगाडि जानुपर्छ भन्ने सन्देश हो ?

यसमा अध्ययन छलफल गरिसकेपछि सचिवालयले निर्णय लिने कुरा हो । अहिले बोल्नु हतार हुन्छ । हामी दुवै एक्स्ट्रिमबाट जादैनौं । यो चाहिँ पक्का हो । अर्थात् हामी जस्ताको तस्तै स्वीकार गर्नुपर्छ भन्ने पक्षमा छैनौं । यस्तै यसलाई अस्वीकार गर्नुपर्छ भन्नेमा पनि छैनौं । केही न केही परिमार्जनचाहिँ हुनैपर्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending