Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

कोरोना भाइरस प्रकोप : नेपाल–चीन उडान गर्ने यी पाँच वायुसेवा कम्पनीका उडान बन्द

एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमणको क्रम बढेसँगै नेपाल आउने गरेकामध्ये पाँच वायुसेवा कम्पनीले हाललाई उडान बन्द गरेका छन्।

एअर चाइना, सिचुवान, चाइना इष्टर्न, टिब्बेटियन एअर र हिमालयन एअरले नेपाल चीन विमान सेवा बन्द गर्ने जानकारी दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार अधिकांशले फेब्रुअरी ४ देखि फेब्रुअरी २८ तारिखसम्मका लागि उडान बन्द गर्ने भएका हुन्।

चीनबाट नेपालमा हुने उडान र तिनमा नेपाल आइपुग्ने पर्यटकको सङ्ख्या घट्ने क्रम जारी रहेको अधिकारीहरूले बताएका छन्।

चीनमा कोरोनाभाइरसको सङ्क्रमण र त्रास बढेपछि हवाईयात्रुको सङ्ख्या घटेको र त्यसैले नेपाल उडान भर्ने केही प्रमुख चिनियाँ वायुसेवाले नेपाल उडान फेब्रुअरी ४ देखि फेब्रुअरी २८ तारिखसम्मका लागि स्थगित गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बीबीसी न्यूज नेपालीलाई बताए।

\'यात्रुको सङ्ख्या घट्न थालेपछि चाइना सदर्नले बिहानको उडान बन्द गरेको र बेलुकाको भने हालसम्म जारी राखेको छ,\' उनले भने। टिबेट एअर र सिचुआन एअरलाइन्सले पनि काठमाण्डूलाई विभिन्न चिनियाँ शहरसँग जोड्दै आएका छन्।

अहिलेको अवस्था अन्योलपूर्ण भए पनि ती वायुसेवाले आफ्नो उडान योजनाबारे अझै जानकारी दिइनसकेको क्षेत्रीले बताए।

चीनका बेइजिङ र चोङचिङलगायतका शहरमा उडान गर्ने नेपालको हिमालय एअरलाइन्सले पनि हाललाई आफ्ना अधिकांश उडान रद्द गरेको बताएको छ।

कोरोनाभाइरस सङ्क्रमणका कारण अहिलेसम्म ३६१ जनाको ज्यान गइसकेको छ भने १७,००० भन्दा बढी सङ्क्रमित भएको पुष्टि भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

नेपालको अध्यागमन विभागका अनुसार चीनमा भाइरस सङ्क्रमण बढेसँगै नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्यामा पनि कमी आएको छ। ज्यानुअरीमा झन्डै १४,००० चिनियाँ नेपाल आएका थिए।

गत साता त्रिभुवन विमानस्थलबाट हुने चिनियाँ आगमन निकै कम भएको थियो। विभागका अनुसार ज्यानुअरी २७ मा १९५ चिनियाँ नेपाल आइपुगेका थिए। ज्यानुअरी २८ मा त्यो सङ्ख्या १७४ मा झरेको छ।

फेब्रुअरी १ तारिखमा १५९ चिनियाँ आएका थिए भने २ तारिखमा १७७ जना चिनियाँ त्रिभुवन विमानस्थलबाट भित्रिएको विभागको भनाइ छ।

चीन बाहेक अन्य देशबाट नेपालमा हुने उडान र यात्रु आगमन भने सामान्य नै रहेको प्राधिकरणको भनाइ छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending