Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विशेष अदालतबाट हारेका ८३ मुद्दा लिएर अख्तियार सर्वोच्चमा

काठमाडौं । आफ्नो दाबीबमोजिम फैसला नभएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले करिब सात दर्जन मुद्दामाथि पुनरावेदन गरेको छ । विशेष अदालतबाट भएका फैसला चित्त नबुझेपछि आयोगले गत आर्थिक वर्ष ०७५,७६ मा ८३ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । यसअघि पनि अदालतबाट भएका कतिपय फैसला चित्त नबुझेको भन्दै आयोग पुनरावेदनमा जाने गरेको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ आव ०७३, ७४ मा आयोग ६८ वटा मुद्दामा पुनरावेदनमा गएको थियो । आव ०७५, ७६ मा विशेष अदालतबाट २०४ वटा मुद्दाको फैसला भएका थिए, त्यसमध्ये एक सय ८० वटा मुद्दा दाबीबमोजिम भएको आयोगले जनाएको छ । २४ वटा मुद्दा आयोगले हारेको थियो ।

गत वर्ष फैसलामा आयोगलाई ८८ दशमलव २४ प्रतिशत सफलता प्राप्त भएको छ । त्यसअन्तर्गत ८० दशमलव शून्य पाँच प्रतिशत भ्रष्टाचार र ९६ दशमलव ५५ प्रतिशत सफलता नक्कली शैक्षिक प्रमाणपत्रतर्फ छ । आयोगको इतिहासमा आव ०६१, ६२ मा अदालतबाट भएका फैसलामा सबैभन्दा ठूलो सफलता मिलेको थियो ।

सो आवमा फैसला भएकामध्ये ९१ दशमलव ५ प्रतिशत आयोगको पक्षमा भएको थियो । त्यस्तै, ०६६,६७ मा आयोगलाई सबैभन्दा कम सफलता मिलेको थियो । सो वर्ष अदालतबाट भएका फैसलाको आयोगका पक्षमा आएको सफलता दर ५२ दशमलव ९ प्रतिशत थियो ।

पुनरावलोकन न्यून

विशेष अदालतबाट भएका फैसलाविरुद्ध पुनरावेदनमा गए पनि पुनरावेदनबाट प्राप्त फैसलाबमोजिम आयोगले कमै मुद्दामा मात्र पुनरावेदन गरेको छ । अदालतमा दायर गरेका मुद्दाहरूमा अदालतबाट भएका फैसलामा चित्त नबुझेको अवस्थामा आयोग पुनरावेदनमा जान्छ । पुनरावेदनपछि भएको फैसलामा पुनरावलोकन गर्ने आवश्यकता महसुस भएको खण्डमा आयोगले पुनरावेदन गर्न सक्छ । आर्थिक वर्ष ०५३, ५४ यता आयोगले जम्मा १० वटा मुद्दामा मात्र पुनरावलोकन गरेको छ ।

यस्ता छन् योगले पुनरावेदन नगरेका केही मुद्दा

विशेष अदालतमा दायर गरेका मुद्दाहरूमा अदालतबाट भएका फैसलामा चित्त नबुझेको अवस्थामा आयोग पुनरावेदनमा जान्छ । तर अख्तियारले दायर गरेको मुद्दा उल्ट्याउँदै विशेष अदालतले सफाइ दिएका केही मुद्दामा भने पुनरावेदन गरेको छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending