Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

दुुई महिनामै उप्कियो पिच

चिसोले भत्किएको इन्जिनियरको दाबी
काठमाडौं । स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुुन नगरपालिकाले दुुई महिनाअगाडि कालोपत्रे गर्‍यो। अहिले सडकमा कालोपत्रे उप्किएर खाडल बनेका छन्। मपदण्ड पूरा नगरी बनाएका कारण कालोपत्रेले दुुई महिना पनि नथामेको नागार्जुुन नगरपालिका–४ का स्थानीयले बताए। ‘नगरपालिकाले मापदण्ड पूरा नगरी पिच गरेको देखिन्छ,’ एक स्थानीयले भने, ‘कालोपत्रे देखाउन मात्र गरिएको रहेछ।’

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - उक्त सडक बनाउन नगरपालिकाले ०७५ चैतमा कालिञ्चोक कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। तर, वर्षात्को मौसम भएकाले त्यस बेला काम सुुरु नभएको नगरपालिकाका इन्जिनियर कञ्चन खनालले बताए। त्यसपछि कात्तिक मसान्तपछि कालोपत्रे गरियो।

२० एमएको मोटाइको पिच गर्न ५४ लाख ९१ हजार रुपैयाँमा कालिञ्चोक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको जानकारी दिए। ‘कालोपत्रे दुुई महिना नबित्दै उप्किएको हो,’ उनले भने, ‘ढललगायतका कारण पनि कालोपत्रे उप्किएको हुुन सक्छ।’

लामो समयसम्म ढलको समस्याले गर्दा पिच गर्न सम्भव थिएन। तर, सबैले काम छिटो गरौं भन्न थालेपछि चिसो अवस्थामै सडक कालोपत्रे गरिएकाले उप्किएको इन्जिनियर खनालको भनाइ छ। ‘हामीले ढलको समस्या भएकाले तत्काल काम नगर्ने भनेका थियौं,’ उनले भने, ‘सबैको दबाबका कारण चिसोमै काम गर्‍यौं। त्यो पनि एउटा कारण बन्यो।’

तर, यति छिट्टै कालोपत्रे उप्किएकाले ठेकेदारले मापदण्डविपरीत बनाएर अनियमितता गरेको स्थानीयको आशंका छ।

नगरपालिकाले ठेकेदारको काम सन्तोषजनक नभएको भनेर पत्र काटिसकेको इन्जिनियर खनालले बताए। ‘हामीले कालिञ्चोक कन्स्ट्रक्सनका नाममा पत्र काटिसकेका छौं,’ उनले भने, ‘ठेकेदारलाई पुुनः काम गर्न लगाउँछौं।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending