Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विहारको छिँडीमा सरकारी विद्यालय विद्यार्थी एक, शिक्षक दुई

काठमाडौं । काठमाडौंमा नाम मात्रकै सरकारी विद्यालय पनि अस्तित्वमा छन् । नरदेवीनजिकै इटुम्बहालमा विहारको छिँडीमा चलिरहेको केश–चन्द्र आधारभूत विद्यालय तीमध्येकै एक हो । जहाँ एक विद्यार्थी र दुई शिक्षक छन् । विद्यालयको सम्पत्तिको नाममा कागजात मात्रै छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - इटुम्बहालमा सजिलै विद्यालय समेत भेट्न सकिँदैन । बाहिरबाट मात्रै होइन, बिहारभित्र छिर्दासमेत विद्यालयको कुनै संकेत देखिँदैन । विद्यार्थीको चहलपहल पनि हुँदैन । बिहारको भुइँतलाको एउटा कुनामा छिरेपछि मात्रै विद्यालयको सानो साइनबोर्ड र तीनवटा बेन्च देखिन्छन् । ‘विद्यालय रहेको भुइँतला केश–चन्द्र बिहारको हो, भएका दुई–चार बेन्च, डेस्क र कुर्सी पनि अरूले डोनेसनमा दिएका हुन्,’ विद्यालयमा बुधबार भेटिएका प्रधानाध्यापक राजेश महर्जनले नयाँ पत्रिकासँग भने, ‘विद्यालयको नाममा त ढड्डा मात्रै छ ।’

केश–चन्द्र ६ दशक पुरानो विद्यालय हो । ०१४ मा स्थापना भएको विद्यालयमा ०७२ को भूकम्पयता विद्यार्थी घट्दै गए । अघिल्लो वर्षसम्म तीन विद्यार्थी थिए । चालू शैक्षिक सत्रमा एक विद्यार्थी मात्रै भर्ना भए । ‘पहिले विद्यार्थी हुँदा भुइँतला पार्टेसन गरेर पढाउँथ्यौँ, ०७२ को भूकम्पपछि विद्यार्थी आउन छाडे,’ प्रअ महर्जनले भने ।

अपांगता भएका एक मात्र विद्यार्थी पनि कहिले आउँछन्, कहिले आउँदैनन् । उनी तीन कक्षामा पढ्छन् । शिक्षक भने नियमित आउँछन् । विद्यालय आएर पढाउन नपाउँदा यातना भएको अनुभव सुनाउँछन् शिक्षक । ‘दिनदिनै विद्यालयमा आउँछौँ, विद्यार्थी हुँदैनन् । बोर हुन्छ, तर २ बजेसम्म सधैँ बस्छौँ,’ शिक्षिका विमलादेवी पौडेलले भनिन्, ‘अब हामी दुवै शिक्षकलाई अन्यत्र लगे राम्रो हुन्थ्यो, फेरि एकजना मात्रै लग्यो भने त झन् बोर हुन्छ ।’ ०४८ मा स्थायी भएकी पौडेल धनकुटाबाट सरुवा भएर ०६५ देखि यो विद्यालयमा छिन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending