Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कोरोना भाइरस : हालसम्म एकजना मात्र निगरानीमा

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एक जनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । विशेषगरी भाइरस सङ्क्रमण भएको क्षेत्रबाट आएका मानिस र शङ्कास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ ।

यसअघि चार जनामा गरिएको परीक्षणमा माघ ९ गते एक जनामा सङ्क्रमण भएको फेला परेको थियो । उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन कोरोनाको अवस्थाबारे उच्चतहको बैठक बसेर छलफल थालिएको छ ।

बुधबार साँझ बसेको उक्त बैठकले नेपालमा चीनको सङ्क्रमित क्षेत्र उवान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिए पनि अहिलेसम्म कसैमा सङ्क्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । जनमानसमा नकारात्मक सन्देश जानसक्ने भएकाले मन्त्रालयले हरेक दिन बैठक बस्ने र नियमित पत्रकार सम्मेलन गरी जानकारी दिन थालेको छ ।

बैठकमा सङ्क्रमण फैलन सक्ने भएकाले सबै क्षेत्रमा उच्च निगरानी राख्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ । आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्न भनिएको श्रेष्ठले जानकारी दिए । यो नयाँ रोग भए पनि रुघाखोकीसँग मिल्दोजुल्दो रहेको चिकित्सकले बताएका छन् ।
रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending