Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेकपाको राजनीतिक प्रतिवेदन, सरकार र पार्टीविरुद्धका भ्रम चिर्न आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले कम्युनिष्ट पार्टीमाथि अधिनायकवादीको झूठो आरोप लगाएर मुलुकमा पुनःअस्थिरता र अराजकता सिर्जना गर्नेको प्रयास सफल नहुने जनाएको छ ।

काठमाडौँमा विहिबारदेखि शुरु भएको सो पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्तुत अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा त्यस्ता तत्वले विगतमा अस्थिरता र अराजकता मच्चाएर अनुचित लाभ लिँदै आएकाले सरकार र पार्टीविरुद्ध जनतामा भ्रम छर्ने प्रयास गरेको ठहर गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उक्त राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले लामो समयसम्म मुलुकका अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निरङ्कुशतावादी, परिवर्तन विरोधी र प्रतिक्रियावादी दलाल तत्व आज पनि अन्योल र अस्थिरता सिर्जना गर्न कसरत गरिरहेको स्पष्ट गरे ।

उनले भने, “त्यसकारण हामीले उत्पादनशल लगानी र पुनःउत्पादनको प्रक्रियालाई प्रोत्साहित गर्नुपर्छ । समाजको पूँजीवादी चरित्रलाई राष्ट्रिय पूँजीको विकास गर्दै वैज्ञानिक समाजवादको दिशामा लाग्नुपर्छ । पार्टी एकतालाई सुदृढ गर्दै माक्सवाद लेलिनवादको दर्शन र जनताको जनवादलाई स्कुलिङलाई विस्तार गरेर समृद्धि र विकासको यात्रामा अगाडि बढ्नुपर्छ ।”

प्रतिवेदनमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस ढुलमुले सम्झौतापरस्त र दलाल प्रवृत्तिको भएकाले उसले सिर्जना गरेको भ्रम चिर्न प्रभावकारी प्रचार संयन्त्र निर्माणमा जोड दिइएको छ । प्रतिवेदनमा विश्वका ठूला शक्ति राष्ट्रको स्वार्थबाट सचेत हुनुपर्नेमा जोड दिँदै नेपालले राष्ट्रियता र स्वाधीनतालाई केन्द्रमा राखेर वैदेशिक सम्बन्ध विस्तार गरिरहेको पनि उल्लेख गरिएको छ । सरकारले कुनै पनि बाह्य सैनिक गठबन्धन र सैन्य रणनीतिका रुपमा कुनै पनि आर्थिक र राजनीतिक सहयोग नलिनेतर्फ सरकार र पार्टी नेतृत्व स्पष्ट रहेको पनि जनाइएको छ ।

यस्तै पार्टी एकतालाई सुदृढ तथा सरकारका कामलाई अझ प्रभावकारीरुपमा अगाडि बढाउन तथा सकारात्मक कामको सकारात्मकरुपमै जनसमुदायमा प्रचार र स्थापित गर्न, नकारात्मक एवं कमीकमजोरीलाई खुलस्तरुपमा स्वीकार गरी सच्याउन प्रतिवेदनले सुझाव प्रस्तुत गरेको छ । पार्टी र सरकारविरुद्ध भ्रम छर्ने गरी अनुशासनहिनरुपमा पार्टी हितविपरीत बोल्नेलाई कारवाहीको दायरामा ल्याउने पनि प्रतिवेदनमा छ ।

एकता महाधिवेशनको मिति प्रस्ताव

पार्टी एकता सुदृढीकण र जनसम्बन्ध विस्तार विशेष योजनाको खाका प्रतिवेदनमा छ भने एकताको राष्ट्रिय महाधिवेशन आगामी ०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने उल्लेख छ । त्यसअघि ०७७ भदौदेखि मङ्सिरसम्म प्रदेश र जिल्ला तहको अधिवेशन गर्ने जनाइएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० को २०७५ जेठ ३ मा एकता हुँदा दुई वर्षभित्र एकताको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

सरकारलाई सुझाव

प्रतिवेदनमा पार्टी नेतृत्वको सरकारले विकास, समृद्धि, सुशासन र सङ्घीयता कार्यान्वयनका सन्दर्भमा उपलब्धि हासिल गरेको उल्लेख गर्दै संविधान अनुसार तीन तहका सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन समन्वय बढाउनुपर्ने, राजनीतिक नियुक्ति गर्दा समावेशीतालाई ध्यान दिनुपर्ने र जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी भ्रष्टाचार अन्त्य गरी सुशासन दिनुपर्ने विषय छ । बैठकको शुरुमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले दुई वर्षका बीचमा सरकारले गरेका उपलब्धि र ‘समृद्ध नेपाल सुखी नेपाली’ को सङ्कल्पप्रतिको साझा बुझाइ निर्माणबारे सम्बोधन गरेका थिए ।

बिहीबार समूहगत छलफल

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूह छलफल गर्न वर्णानुक्रम अनुसार १५ वटा समूह विभाजन गरिएको छ । माघ १६ ९आज० गते समूहगत छलफलका लागि विभिन्न समूह पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराही, जनसङ्गठनको कार्यालय पेरिसडाँडा र राष्ट्रियसभागृहमा पुगी समूह छलफलमा भाग लिनेछन् । प्रत्येक समूहमा दुई÷दुई जना स्थायी कमिटीका सदस्य रहनेछन् ।

समूहका टोली नेताले २० मिनेटमा लिखित प्रतिवेदन पेस गर्ने छन् भने माघ १७ र १८ गते समूह नेताको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत तथा केन्द्रीय निकायका अध्यक्षले विचार व्यक्त गर्नसक्ने बैठकको कार्यविधि तय गरिएको छ । माघ १९ गते समूह छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने, स्थायी कमिटी र सचिवालयका निर्णय छलफल र अनुमोदन तथा समसामयिक प्रस्ताव छलफल र पारित गर्ने जनाइएको छ ।
रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending