काठमाडौं । नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल पाएको जागिरबाट आउने तलबले गाडीभाडा र खाजासमेत नपुगेपछि उनी हाल अस्ट्रेलिया पुगिन् छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - लोहनी जस्तै नर्सिङमा स्नातक सकेपछि सत्यम शर्माले पनि निक्कै मिहिनेत गरेपछि काठमाडौँका एक नर्सिङ कलेजमा जागिर पाइन् । पाँच वर्षसम्म काम गर्दा बल्ल १८ हजार रुपियाँ पुगेको तलबले जीविकोपार्जन सम्भव नभएपछि उहाँ पनि अहिले अमेरिका पुगेकी छिन् । यी दुई उदाहरण मात्र हुन् । समाजमा निक्कै ‘आकर्षक’ देखिने नर्सिङ पेसाबाट उचित सेवा सुविधा नपाएपछि हजारौँ विदेश पलायन भएका छन् ।
नेपाली विशेषगरी नर्सहरू अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, थाइल्यान्ड, सिङ्गापुर, कुवेत, साउदी लगायतका देशमा कार्यरत छन् । नेपाल नर्सिङ सङ्घकी कोषाध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसकी प्राध्यापक कल्पना श्रेष्ठले नेपालमा नर्सहरूलाई अवसरको खाँचो रहेको बताइन् । ‘‘सुरुमा नर्स भन्ने वित्तिकै सेवा र अवसर पनि होला भनेर अध्ययन गर्ने गर्दछन्’’, प्राध्यापक श्रेष्ठले भनिन्, “तर अध्ययन सकेपछि कुनै अवसर नपाउँदा विदेशिने नर्सहरूको सङ्ख्या अत्यधिक छ ।”
कतिपय अस्पतालले सुरुमा स्वयं सेवक भई काम गरेपछि मात्र तलब दिने त्यो पनि आठ, दस हजार रुपियाँमा काम लगाउने गरेका छन् भन्दै श्रेष्ठले भनिन्,, “नर्सिङ सङ्घ नेपालमै रोजगार र विभेदकारी व्यवस्थाको अन्त्यका लागि लडिरहेको छ ।” अधिकृत स्तरको चिकित्सक सुरुमै आठौँ तहमा नियुक्त हुने व्यवस्था छ तर नर्सलाई सातौँ तहमा मात्र राखिने गरेको भन्दै श्रेष्ठले थप्नुभयो, “सरकारी निकायबाटै विभेदकारी व्यवस्थाको अन्त्य गर्नुपर्दछ ।”
नेपाल नर्सिङ सङ्घकी केन्द्रीय सदस्य तथा राष्ट्रिय ट्रमा सेन्टरकी नर्सिङ अधिकृत सपना विकले नर्सहरूले अध्ययन गर्ने बेलामा लाखौँ रुपियाँ खर्च गरेर अध्ययन गर्ने तर अस्पतालमा काम भने आठ दस हजारमा गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । निजी अस्पतालहरूमा रोजगार पाउनसमेत ठूला व्यक्तिको ‘सोर्सफोर्स’ लगाउनुपर्ने अवस्था रहेकाले नेपालमा नर्सलाई पारिश्रमिक अन्त्यन्त कम भएको बताइन् । नेपालमा राम्रो अवसर नपाएर बर्सेनि हजारौँ नर्स विदेशिनुपरेको उनको भनाइ छ । यसैबीच मङ्गलबार ५८औँ नेपाल नर्सिङ दिवस मनाइँदैछ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: