काठमाण्डौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले निर्विरोध निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य र मान्यताअनुरुप सभा सञ्चालन गर्नुहुने विश्वास व्यक्त गरेका छन् । समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद् सञ्चालनमा सभामुख सापकोटाले कुशल व्यक्तिका रुपमा भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गरे ।
‘प्रतिनिधिसभा लोकतन्त्रको शक्तिशाली अङ्ग हो, हामी सबैले जनप्रतिनिधिसभालाई उच्च स्थानमा राख्ने गरेको भए पनि राज्यका तीन अङ्गको स्थान उदारवादी लोकतन्त्रले आफ्नो उदारता भुल्दै गएको छ, समाजवादी लोकतन्त्रले पनि लोकतन्त्रका कतिपय विषय छाड्दै गयो’, उनले भने ।
प्रतिनिधिसभाको स्थान तल परेको उल्लेख गर्दै नेता भट्टराईले राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपतिपछि सभामुख उच्च स्थानमा हुनुपर्नेमा जोड दिए । ‘हामीले प्रधानमन्त्रीलाई माथि राख्यौँ, तर अहिले प्रधानन्यायाधीश जसले संसद्ले बनाउने कानूनको व्याख्या गर्छ, उसलाई सभामुखभन्दा माथि राखिएको छ, यसमा सभामुखको ध्याना जाओस्, संसद् भनेको मूलतः प्रतिपक्षकै हो, विश्वका धेरै देशको संसद् सञ्चालन यसरी नै भएको देखेको छु’, उनले भने।
अन्य देशका सभामुखले प्रतिपक्षको आवाजलाई प्राथमिकता दिने गरेको नेता भट्टराईले सुनाउनुभयो । झिनामसिना विषयमा संसद् अलमलिएर राष्ट्रिय मुद्दामा जीवन्त हुन नसकेको उहाँले बताउनुभयो । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विषयमा अहिले भइरहेको छलफल राष्ट्रिय मुद्दाका रुपमा नभई पार्टीको गुटका आधारमा हुनु गलत रहेको उनको भनाइ थियो ।
राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महेन्द्रराय यादवले सरकार जिम्मेवार हुन नसकेको, जनताको जीवनयापन कठिन भएको र राजनीतिक स्थिरताको आवश्यकता रहेकामा सरकारमात्र स्थिर भएको बताए । नवनिर्वाचित सभामुख सापकोटालाई पार्टीका तर्फबाट पूर्ण समर्थन हुने उनको भनाइ थियो । सांसद रशेम चौधरीलगायत जेलमा रहेका १६ जनाभन्दा बढी नेताको शीघ्र रिहाइको माग पनि उनले गरे । उखु किसानसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न पनि सांसद यादवले माग गरे।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिँदै सबैलाई साथ लिएर तटस्थ रही पदको मर्यादालाई पालन गर्न सफल हुनुहुने विश्वास व्यक्त गरे । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सभामुख सापकोटाले संसद्लाई जनताप्रति र सरकारलाई सदनप्रति जवाफदेही बनाउन तटस्थ एवं निष्पक्ष भूमिका निर्वाह गर्ने अपेक्षा गरे ।
पश्चिम नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको स्पष्ट प्रमाण हुँदाहुँदै पनि सो क्षेत्रमा विवाद हुनु नपर्ने भन्दै उनले विवाद समाधानका पहल गर्न सरकारको ध्यानाकर्षण गरे ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: