Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

इराकस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण

एजेन्सी । इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीनवटा रकेट प्रहार भएका छन्।

एउटा रकेट त्यहाँको खाना खाने स्थलमा र अन्य दुईवटा केही टाढा खसेको समाचारसंस्था एएफपीलाई एउटा सूत्रले बताएको छ । अर्को समाचारसंस्था रोएटर्सलाई सुरक्षास्रोतले जनाएअनुसार आक्रमणमा परी कम्तीमा तीन व्यक्ति घाइते भएका छन्।

दूतावासका कर्मचारी घाइते भएको यो पहिलो आक्रमण हुन सक्ने बताइएको छ। कुनै समूहले आक्रमणको जिम्मेवारी लिइसकेको छैन।

तर अमेरिकाले विगतमा इराकस्थित इरानबाट समर्थनप्राप्त सैन्य समूहहरूमाथि आरोप लगाउने गरेको थियो।

अमेरिकी विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा इरान समर्थित सशस्त्र समूहबाट खतरा भएको उल्लेख गरेको छ। तर विज्ञप्तिमा हताहत भएका व्यक्तिबारे कुनै जानकारी दिइएको छैन।

इराकी प्रधानमन्त्रीले रकेट हमलाको निन्दा गरेका छन्। अदेल अब्दुल महदीले यस्ता घटनाहरूको निरन्तरताले इराकलाई लडाइँको मैदान बनाउन सक्ने बताए।

अमेरिकी विदेश मन्त्रालयले आफ्ना कूटनीतिक सेवाको सुरक्षाको निम्ति इराकको सरकारलाई दायित्व पूरा गर्न आग्रह गरेको जनाएको छ।

बग्दादको सुरक्षित मानिने ग्रीन जोन वा अन्तर्राष्ट्रिय निकायहरू भएका क्षेत्रमा रकेट आक्रमण भइरहन्छ।

तर लामो समययता पहिलो पटक रकेटको निसानामा अमेरिकी दूतावास परेको छ।

केही समययता भएका आक्रमणहरूले दूतावास वा अमेरिकी सेना तैनाथ इराकी सैन्य शिविरहरूलाई निसाना बनाएका छन्।

विगत केही हप्तादेखि चुलिएको इरान र अमेरिकाबीच तनावमा इराक पनि तानिएको छ।

इराकका शक्तिशाली शिया नेता मोक्तदा अल(सद्रले अमेरिकी सेनालाई इराक छाड्न दबाव दिने उद्देश्यले अमेरिकाविरोधी प्रदर्शनहरू आयोजना गरेका छन्।

ज्यानुअरी ३ मा इरानका एक सैन्य नेता कासिम सुलेमानीको बग्दाद विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा मृत्यु भएपछि मोक्तदा अल(सद्रले समर्थकहरूलाई अमेरिकालक्षित विरोधमा ओर्लिन आह्वान गरेका थिए।

प्रदर्शनकारीहरू सरकारविरोधी धर्नाबाट शनिवार फर्किएका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending