Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

घुँगीको माग बढ्दो, माछासँगै व्यावसायिक पालन गर्न सकिने

परासी । थारू समुदायमा विशेष रुचाइने खाना हो, घुँगी । थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही अब थारू समुदायमा मात्र सीमित रहेन, घुँगी अहिले अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ ।

घुँगीको लोकप्रियता बढेसँगै पछिल्लो समय पश्चिम नवलपरासीमा यसको माग बढ्न थालेको छ । माघीलगायतका विभिन्न पर्वहरुमा लाग्ने मेला महोत्सवमा घुँगीको स्टल नै राखेर प्रचारप्रसार तथा परिकार बिक्री वितरण गर्न थालिएपछि व्यावसायिकरूपमा यसको माग बढेको हो । जिल्लामा विभिन्न स्थानमा थारू समुदायले सञ्चालन गरेका होटलमा घुँगी विशेष आकर्षणको रूपमा रहन थालेको छ । घुंँगीको माग बढ्दै गएको तर व्यावसायिक उत्पादन कम रहेकाले माग पूरा गर्न हम्मेहम्मे परिरहेको व्यवसायीको भनाइ छ ।

गाउँघरमा हुने धान खेत, दलदले हिलो, पोखरी, कुलो तथा सीमसार क्षेत्रमा पाइने एक प्रकारको शङ्खे कीराजस्तै हुने घुँगी र सिपुहीलाई माछासँगै व्यावसायिकरूपमा पालन गर्न सके मनग्य आम्दानी गर्न सकिने रामग्राम–१२ कशियास्थित थारू कटेजका सञ्चालक आशिष चौधरीले बताए ।

उनले भने, “पछिल्लो समय घुँगी खान रुचाउनेमा थारू मात्र छैनन्, अन्य समुदायले समेत यो रुचाउन थालेका छन्, माग धेरै भएकाले ‘सिजन’बाहेक अन्य समयमा भारतीय बजारबाट मगाएर व्यावसाय सञ्चालन गर्नुपरेको छ ।”

यहाँ तयारी घुँगी प्रतिप्लेट रु १३० मा बिक्री हुने गरेको छ । नेपालमै घुँगीको व्यावसायिक उत्पादन हुन सके यसको व्यापार फस्टाउने उनको भनाइ छ । कम लगानीमा लाखौँको व्यापार गर्न सकिने भएकाले माछापालनसँगै घुँगीपालन गर्न सके विदेश पलायनका साथै भारत जाने लाखौँ रकम पनि रोक्न सकिने रामग्राम–१२ कै दयानन्द चौधरी बताउछन् ।

बुटवललगायत जिल्ला बाहिरबाट पनि घुँगीको माग आउन थालेको तर पूर्ति गर्न नसकिएको रामग्राम–५का मीनबहादुर सिंह (थारू)ले बताए । घुंँगी खानाले प्रचुरमात्रामा क्याल्सियम प्राप्त हुनुका साथै हड्डीको समस्या पनि ठिक हुने विश्वास गरिन्छ । शरीर दुखेको, मर्केको, भाँचिएको समेत ठिक हुने थारूको भनाइ छ । उनले भने, “मैले ढाड दुख्दा, हातखुट्टा मर्किँदा घुँगी नै खाएर ठिक पार्ने गरेको छु ।”

घुंँगी र सिपुही प्राकृतिकरूपमै पाइने एक प्रकारको जीव भए पनि यो विस्तारै तराईमा लोप हुँदै गएको छ । खेतबारीमा किसानले विभिन्न प्रकारका रासायनिक मल र झार मार्ने औषधिहरु खेतमा हाल्ने गर्दा घुँगी सङ्कटमा परेको छ ।

सरावल गाउँपालिका–६ गडौरीका चाँदमणि चौधरीले पोखरी नै बनाएर माछासँगै घुँगी र सिपुहीपालन गरेका छन् । असार÷साउन महिनामा खेतमा पाइने स–साना घुंँगी ल्याएर पोखरीमा हाल्दा माछासँगै माछाको दाना खाएर घुँगी पनि हुर्कने हुँदा कम लगानीमा धेरै उत्पादन हुने थारूले बताए ।

“असार महिनामा पालेको घुंँगी असोजबाट खानयोग्य हुन्छ र पुस महिनासम्ममा सबैभन्दा ठूलो हुने भएकाले राम्रो आम्दानी हुन्छ”, उनले भने । रामग्राम नगरपालिका–१८ आशा चौधरीका अनुसार घुँगीको परिकार बनाउन विशेष जानकार नै हुनुपर्छ । उनका अनुसार घुंँगीलाई सर्वप्रथम सफा पानीमा करीब २० देखि २४ घण्टासम्म भिजाएर पिठो खुवाउनुपर्छ, पानीमा राखेको पिठो खुवाएपछि घुँगीले खाएको माटो शरीरबाट बाहिर निकाल्न थाल्छ, शरीरको माटो सफा भएर निस्केपछि घुँगीको चुच्चोतिरबाट फुटाउनुपर्छ ।

त्यसपछि सफा गरेर पकाउनुपर्छ । आवश्यक मात्रामा मसला, अदुवा, लसुन, नुन र खुर्सानीसमेतको घोलमा दुई घण्टासम्म फलामे कराई वा भड्डुुमा पकाएर घुँगीलाई खानयोग्य बनाइन्छ । यसरी तयार पारेको घुँगीलाई चुसेर त्यसभित्र रहेको प्रोटिनयुक्त मासुलाई तानेर खाने गरिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending