जाजरकोट । अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा–पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा अघिल्लो वर्ष ग्राभेल गरिसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन । आधा गरेको काम पनि पूरै मापदण्डविपरीत गरेको पाइएको छ ।
रु ४२ लाखमा ग्राभेल निर्माण गर्ने सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म सो सडकखण्डभित्र नाली, पर्खाल पनि निर्माण गरेको छैन । निर्माण गरिएका सामान्य पर्खाल र नालीमा सिमेन्टभन्दा भारी मात्रामा बालुवा राखेर काम नलाग्ने अवस्था सिर्जना भएको पाइएको छ । दैनिक यो सडक भएर यात्रा गर्ने सर्वसाधारण जोखिम मोल्दै यात्रा गर्न बाध्य भए पनि बिल्डर्सले गुणस्तरीय काम गरी समयमै सक्ने कार्यमा चरम लापरवाही गरेको स्थानीयवासी पृथ्वीबहादुर खड्काले गुनासो गरे । उनले भने, “जथाभावी डोजर चलाएर हाम्रो जग्गा, जमीन भत्काउने काम भयो तर पर्खाल र नाली निर्माण गर्ने काम भएन ।”
अहिले ठाउँठाउँमा माटोको थुप्रो राखेर सामान्य भएको सडकसमेत यात्रा गर्न धौधौ भएको यातायात व्यवसायी धर्मबहादुर रावतले बताए । उनी भन्छन्, “सरकारले बजेट दिएन किन भन्ने रु दिएको बजेटबाट राम्रो काम हुँदैन, तोकिएको समयमा ठेकेदारले काम गर्दैनन्, कसरी हुन्छ हाम्रो विकास ? सात वर्षदेखि यो सडक लथालिङ्ग छ ।” ग्राभेल गर्ने भनिएको सडकमा सडकसमेत फराकिलो नबनाउँदा दैनिक सास्ती हुँदै आएको छ । सडक डिभिजन कार्यालय रुकुमपश्चिम चौरजहारीका प्रमुख नरेन्द्र भट्टले पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम नभएको बताए ।
अब हर्जाना लगाएर काम लगाउने प्रयास भइरहेको भट्टको भनाइ छ । तोकिएको समयभित्र निर्माण पूरा नगर्ने, भएको सडकसमेत ज्यानमारा बनाएर बीचमा छाड्ने प्रवृत्तिका कारण विकासमा बाधा पुगेको स्थानीयवासीले बताएका छन् । बिल्डर्सका प्रतिनिधि बुद्धिबहादुर खत्री काम पूरा नगरी भुक्तानी माग्न डिभिजन कार्यालयमा गएको तर काम पूरा नभएको गुनासो आएपछि कार्यालयले भुक्तानी रोक्नुका साथै पुनः काम गर्न दबाब दिएको निर्माण व्यवसायी कृष्णविक्रम शाहले जानकारी दिए ।
अन्य काम प्रभावित
जाजरकोट खलङ्गा–पाँचकाटिया सडकखण्डको ट्र्याक खुला भएको सात वर्षभन्दा बढी भए पनि यो सडकखण्डमा यातायातका साधन गुड्न सकेका छैनन् । करीब २१ किलोमिटर लम्बाइ रहेको यस खण्डमा विभिन्न निकायको रु २१ करोडभन्दा बढी खर्च भइसकेको छ । बजेट जति लगानी गरे पनि काम पूरा नगर्दा सडकको हालत पुरानै रहेको छ । बर्सेनि राज्यको करोडौ रकम खन्याए पनि सडकको काम प्रभावकारी नहुँदा दैनिक सार्वसाधारणले दुःख भोग्दै आएका छन् ।
जाजरकोट सदरमुकाम हुँदै पाँचकाटिया जुम्ला जोड्ने यो सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले गति लिनसकेको छैन । हिउँदयाममा मात्र सामान्य ट्र्याक्टर सञ्चालन भए पनि वर्षायाममा पूरै सडक अवरुद्ध हुने गरेको छ । काम पूरा नगर्ने तर लाखौँका ठेक्का लिने चलनका कारण विकास निर्माणका बाधा पुग्दै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: