बेत्रावती । आंशिक क्षति ब्यहोरेका लाभग्राहीलाई घरको प्रवलीकरण गर्न रु एक लाख अनुदान उपलब्ध गराउँदै आए पनि नुवाकोटका पीडितले लिन बेवास्ता गरेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेको अनुदान व्यस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार यहाँका एक हजार ५७४ प्रवलीकरण लाभग्राही रहेकामा २२ प्रतिशतले अनुदान सम्झौता गरेको र तीमध्ये पहिलो किस्ताबापत अनुदान रकम लिने २० प्रतिशतमात्र छ ।
आयोजनाका प्रमुख शम्भुकुमार शाहको अनुसार जिल्लामा लाभग्राहीमध्ये ३६० घरधुरीले क्षति पुगेको घरको प्रवलीकरण गर्नको लागी अनुदान सम्झौता गरेका छन् । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पको कारण घरमा आंशिक क्षति पुगेका धनीलाई पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा सूचीकृत भएकालाई क्षतिग्रस्त घर मर्मतको लागि दुई चरणमा रु एक लाख दिने कार्यविधि भए पनि लाभग्राहीले यसतर्फ बेवास्ता जनाएको उनले जानकारी दिए ।
सम्झौता गरेका सबैले स्वतः पहिलो किस्ताबापत रु ५० हजार पाउने भए पनि ३२६ परिवारले मात्र रकम लिएको सरकारी तथ्याङ्क छ । उनका अनुसार पहिलो किस्ता रकम लिएकाले पनि घरको प्रवलीकरण गरेर दोस्रो किस्ताबापत थप रु ५० हजार लिन एक जनाले पनि निवेदन दिएका छैनन् ।
प्रवलीकरणमा समावेश भएका अधिकांश लाभग्राहीले असन्तुष्ट जनाएर आंशिकबाट पूर्ण लाभग्राहीमा सूचीकृत गर्न गुनासो फाराम दर्ता गराएको तथा सरकारले तोकेअनुसार प्रवलीकरण गर्न नचाहेर अनुदान रकम लिन चासो नदिएको हुनसक्ने जनाइएको छ ।
भूकम्पको कारण क्षति पुगेका ७७ हजार १४८ घरको प्राविधिकमार्फत सर्वेक्षण गरिएकोमा कुल लाभग्राही ७५ हजार ८२५ रहेको कार्यालयले जनाएको छ । घरको पूर्णक्षति भएकालाई सरकारले नयाँ निजी निवास निर्माण गर्नेलाई रु तीन लाख उपलब्ध गराउँदै आएको छ ।
प्रवलीकरणतर्फ भूकम्प प्रभावितले चासो नदिए पनि नयाँ घर बनाउनेको सङ्ख्या भने सन्तोषजनक रहेको कार्यालयका सूचना प्रविधिविज्ञ विनोद अधिकारीले जानकारी दिए । उनको अनुसार भूकम्पको कारण घरको पूर्ण क्षति भएका लाभग्राहीमध्ये ७२ हजार ७९८ (९६ प्रतिशत) ले नयाँ घर बनाउन प्राधिकरणसँग सम्झौता गरेका छन् ।
सम्झौता गरेकामध्ये पहिलो किस्ताबापत लिएर नयाँ घर बनाउने प्रतिबद्धता जनाएकामा ६९ हजार ४२ (९१।९४ प्रतिशत) घरधुरीले तोकिएअनुसार घरको संरचना जगतहसम्मको सतह निर्माण गरेर दोस्रो किस्ता बुझिसकेका छन् । घर निर्माण सम्पन्न गरेर ५८ हजार ८९४ (७७।७६ प्रतिशत)ले तेस्रो किस्ताबापतको अनुदान रकम प्राप्त गरिसकेको कार्यालयले जनाएको छ ।
सरकारले भूकम्पको कारण घरको पूर्ण क्षति भएका लाभग्राहीलाई तोकिएको मापदण्डअनुसार नयाँ घर निर्माण गरेपश्चात राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत तीन चरणमा क्रमशः रु ५० हजार, रु एक लाख ५० हजार र रु एक लाख गरेर रु तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ । नुवाकोटमा भूकम्पले क्षति पुगेकामध्ये करिब ९५ प्रतिशतले भूकम्प प्रतिरोधी नयाँ घर निर्माणमा समावेश भइसकेको सरकारी तथ्याङ्क छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: