बाँके । प्रदेश नं ५ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेमा प्रभावकारी देखिएको छ । अति गरिब, विपन्न परिवार, मधेशी मुस्लिम, महिला बालबालिका, एकल महिला, शिक्षामा पछि परेका समुदाय र व्यक्तिको लागि आयआर्जन, शिक्षा र अति आवश्यकीय सहयोगको लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको कार्यक्रमका सहजकर्ता केशव चालिसेले जानकारी दिए ।
उनका अनुसार, अति गरिब, विपन्न र आर्थिकरुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको छ । यो वर्ष पनि गतवर्षका कार्यक्रमलाई निरन्तरता दिँदै केही थप गरिने छ । गत वर्ष बाँकेका तीन गाउँपालिकामा सञ्चालन भएकोमा यो वर्षदेखि सबै गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमअन्तर्गत बेरोजगार महिलालाई सीपमूलक तालीम, कृषकलाई बीउ, अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरिएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता चालिसेले जानकारी दिए।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले गत वर्ष जिल्लाका तीन वटा गाउँपालिकामा मात्रै सञ्चालन भएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम यस वर्ष जिल्लाका सबै गाउँपालिकामा सञ्चालन हुनु खुशीको कुरा भएको बताए । उनले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी जनतालाई प्रदेश सरकारको अनुभूति गराउनु र जिल्ला समन्वय समितिको आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट गाउँपालिकामा परिवर्तनका हुने गरी योजना बनाएर निष्पक्ष र पारदर्शीरुपमा कार्यक्रम सञ्चालन गरिने बताए । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले भौगोलिक रुपमा ठूलो रहेको राप्ती सोनारी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले सबैभन्दा बढी प्रभावित र अति विपन्न परिवारलाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सञ्चालन गरिने बताए ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले कार्यक्रम निर्देशिकाले तोकेको दायरा र कार्यक्षत्रका आधारमा कार्यक्रम सञ्चालन गरिने बताए । बाँकेमा गत आर्थिक वर्षमा तीन गाउँपालिकामा मात्रै सञ्चालन भएकोमा यो आर्थिक वर्ष छ गाउँपालिकामा कार्यक्रम सञ्चालन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव राजेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार, कार्यक्रमलाई प्रभावकारी बनाउन यस वर्षदेखि कार्यक्रम सञ्चालन हुने बाँकेका राप्तीसोनारी, खजुरा र बैजनाथ गाउँपालिकास्तरीय कार्यक्रम कार्यान्वयन तथा सिफारिस समितिका पदाधिकारी र जिल्ला व्यवस्थापन तथा समन्वय समितिका पदाधिकारीलाई अभिमुखीकरण दिइएको छ । उनले कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकास्तरीय समितिको भूमिका महत्वपूर्ण भएकाले कार्यविधिअनुसार कार्यक्रम सञ्चालनका लागि समिति पदाधिकारीलाई अनुरोध गर्दै ग्रामीणस्तरका आर्थिक रुपले विपन्न परिवारलाई प्रत्यक्षरुपमा सहयोग पुग्ने र अनुभूति हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम बाँकेको जानकी, डुडुवा र नरैनापुर गरी तीन गाउँपालिकामा गत वर्षदेखि सञ्चालन भएकोमा यो वर्षदेखि खजुरा, बैजनाथ र राप्तीसोनारी गरी तीन गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहको जिल्ला कार्यक्रम सहजकर्ता चालिसेले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: