एजेन्सी । तथ्याङ्कहरूले यूकेमा ११ देखि १३ वर्ष उमेरका बालिकालाई वेबक्याम प्रयोग गरेर इन्टरनेटमा यौन क्रियाकलाप गर्न फकाउने र बाध्य पार्ने क्रम बढेको देखाएका छन्।
इन्टरनेट वाच फाउन्डेसनका अनुसार इन्टरनेटमा खोज्दा भेटिएका बालबालिकामाथि हुने यौन उत्पीडनका तस्बिरहरूको आफैँले खिचेकामध्ये ८० प्रतिशत तस्बिर ती उमेर समूहका बालिकाहरूको रहेको बताएको छ।
सो संस्थाले गत वर्ष ३७ हजार आफैँ खिचेका बालबालिकाका तस्बिरहरूमाथि अध्ययन गरेको थियो।
यसका प्रमुख कार्यकारीले त्यो सङ्ख्याको वृद्धिदर खतरनाक रहेको बताएकी छन्।
सुसी हार्गियाभेसले घरभित्र खिचिएका त्यस्तो तस्बिर र भिडिओहरूको उपलब्धतालाई राष्ट्रिय सङ्कट भनेकी छन्।
धेरैजसो भिडिओमा बालिकाहरूले क्यामरामा हेरेको र आफूले पठाइएको सन्देश पढ्दै भनेअनुसार यौन क्रियाकलाप गरेको देखिएको छ।
फाउन्डेसनका अनुसार बाल यौन उत्पीडनका तस्बिर र भिडिओहरू भएका सबै वेबसाइटहरूको एक तिहाइ सामग्री घरमा आफैँ खिचिएको पाइएको छ।
हार्गियाभेसले भन्छिन्स् ूयी बालिकाका तस्बिर र भिडिओहरू उनीहरूलाई फकाएर, झुक्याएर र बाध्य पारेर यौन क्रियाकलाप गर्न लगाइएका हुन्। यो राष्ट्रिय सङ्कट बन्दैछ।ू
ूआज हामीले देखेको यो असहज सत्यलाई बाहिर ल्याउने यो उपयुक्त समय हो।ू
उनले साना उमेरका बालबालिकाहरूसँग शयनकक्षमा मोबाइल उपलब्ध हुँदा यौन उत्पीडनका पीडितहरूको उमेर कम हुँदै गएको बताएकी छन्।
ूत्यो उमेरका बालिकाहरू बढी जोखिममा हुन्छन्,ू हार्गियाभेसले भनिन्।
ूउनीहरू शारीरिक रूपमा बढ्दै हुन्छन् र के भइरहेको छ भनेर निर्णय गर्न सक्ने भावनात्मक परिपक्वता हुँदैन।ू
ूउनीहरूलाई तिमीहरू राम्री छौ भनेर फकाइन्छ र कोहीसँगको सम्बन्धमा भएको विश्वासमा उनीहरूले त्यसो गर्छन्।ू
उनले त्यस्तो तस्बिर वा भिडिओ देख्नेहरूले अन्य बालिकालाई बचाउन कारबाहीका लागि प्रहरी वा सम्बन्धित क्षेत्रमा काम गर्ने निकायलाई जानकारी दिनुपर्ने बताइन्।
मारी कोलिन्स फाउन्डेसनकी टिन्क पाल्मरले बालिकाहरू भएको यस्तो सामग्रीको सङ्ख्या बढिरहेको बताइन्।
ूसबै इन्टरनेट प्रयोगकर्ताहरूले बुझ्नुपर्छ कि जसले राखेको भए पनि त्यस्ता सामग्री हेर्नु पनि गैरकानुनी हो,ू उनले भनिन्।
नेपालको अवस्था के छ ?
ईसीपीएटी इन्टरन्याश्नलले सन् २०१९ मा गरेको एक अध्ययनले देखाएका तथ्यस्
७२ प्रतिशत बालबालिकाको मोबाइलमा पहुँच छ,
इन्टरनेट प्रयोगकर्ता बालबालिकामध्ये ५२ प्रतिशतले एक्लै भएको अवस्थामा इन्टरनेट चलाउँछन्, र
१६ प्रतिशत बालबालिकाले सामाजिक सञ्जालमा अश्लील वा अशिष्ट तस्बिर वा सन्देश प्राप्त गर्छन।बीबीसी नेपाली
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: