Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

चैतबाट मोबाइल कलको शुल्क घट्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो ।

आजको राजधानी दैनिकमा खबर छ - अन्तरआबद्धता निदेर्शिकाअनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ । अहिले सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संशोधित नयाँ निर्देशिकाले उपभोक्तालाई सिधै फाइदा पुग्ने गरी ल्याइएको छ ।

अन्तरआबद्धता शुल्क भनेको एक सेवा प्रदायकको नेटवर्कबाट अर्कोमा उपभोक्ताले फोन गरे सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई निश्चित शुल्क तिर्नुपर्ने शुल्क हो । प्राधिकरणले निर्देशिकामार्फत प्रतिमिनेट १० पैसा शुल्क तोके पनि सेवा प्रदायकले समझदारी गरेर सोभन्दा कम शुल्क पनि तय गर्न सक्ने प्रावधान छ ।

अहिले एनसेलका ग्राहकले एनसेलमा र नेपाल टेलिकममा कल गर्दा खासै फरक पर्दैन । तर, नेपाल टेलिकमको नम्बरबाट टेलिकमकै नम्बरमा फोन गर्दा कम शुल्क लाग्छ भने टेलिकमको नम्बरबाट एनसेलको नम्बरमा कल गर्दा बढी शुल्क लाग्छ । नयाँ निर्देशिका लागू भएपछि सिधै असर एनसेललाई नपर्ने र टेलिकमलाई पर्नेछ । टेलिकमबाट एनसेलमा कल गर्दा अब कम्तीमा प्रतिमिनेट ४४ पैसा सस्तो हुनेछ ।

२०६५ सालमा जारी गरेको निर्देशिकामा विकास क्षेत्रअनुसार अन्तरआबद्धता शुल्क फरक–फरक थियो भने अहिले जारी गरेको निर्देशिकाले देशभरिलाई एउटै क्षेत्र मानेर शुल्क निर्धारण गरेको छ ।
निर्र्देशिकाअनुसार एउटा सेवा प्रदायकको फिक्स्ड लाइनका ग्राहकले अर्को अपरेटरको फिक्स्ड लाइन ग्राहकलाई कल गर्दा पहिलो सेवा प्रदायकले दोस्रो सेवा प्रदायकलाई बढीमा प्रतिमिनेट २० पैसा मात्रै तिर्नुपर्छ ।

अहिले नेपाल टेलिकमबाहेक अन्य सेवा प्रदायकको फिक्सड लाइन छैन । फिक्स्ड लाइनबाट मोबाइलमा गर्दा आन्तरआबद्धता शुल्क १० पैसा हुनेछ । यसैगरी, मोबाइलबाट फिक्स्डमा कल गर्दा अन्तरआबद्धता शुल्क प्रतिमिनेट २० पैसा हुनेछ । मोबाइलबाट मोबाइलमा गर्दा पनि अन्तरआबद्धता शुल्क १० पैसा कायम गरिएको छ । एसएमएस सेवामा पनि प्रतिएसएमएस १० पैसा अन्तरआबद्धता शुल्क तोकिएको छ । सेवा प्रदायकले आफ्नो नेटवर्कमा मात्र फोन लाग्ने र अन्य सेवा प्रदायकमा फोन नलाग्ने गरेको गुनासोलाई पनि निर्देशिकाले सम्बोधन गरेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending