Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

रुकुममा तेस्रोपटक हिमपात : कतै खुशी, कतै सकस

रुकुम । मङ्सिरको अन्तिम र पुसको तेस्रो सातापछि आज परेको हिउँले रुकुम (पूर्व) मा कतै खुशियाली छाएको छ भने कतै जनजीवन कष्टकर बनेको छ । मङ्सिरको अन्तिममा परेको हिउँ बिलाउन नपाउँदै पुसको तेस्रो साता फेरि प¥यो । दुई दिन खुलेको आकाश र लागेको घामले मानिसहरुले न्यानो अनुभूति गर्न नपाउँदै पुनः तेस्रोपटक मङ्गलबार बिहान जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएको छ ।

हिमपात र वर्षाले अत्यधिक चिसो बढेको र जमेको हिउँका कारण मानिसलाई दैनिक कामकाज गर्न मुस्किल परेको छ । गत बुधबार, बिहीबार र शुक्रबार लगातार हिमपात भयो । हिमपातपछि माथिल्ला बस्तीमा मानिसले कतै हिउँ पन्छाउँदै काम गरिरहेका छन् त कतै सडक अवरुद्ध बनेका छन् । हिमपातले पुथाउत्तरगङ्गा गाउँपालिका र सिस्ने गाउँपालिका–१ वडा बढी प्रभावित भएका छन् । पुथाउत्तरगङ्गाको हुकाम, मैकोटलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेपछि मानिसलगायत पशुचौपायलाई समस्या भएको छ । चरन क्षेत्रमा जमेको हिउँ दुई–तीन महिनासम्म नपग्लिने हँुदा चरनको समस्या हुने भएको छ ।

सडकमा हिउँ जमेकाले मङ्सिर अन्तिम सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएको छैन । पटकपटक परेपछि सडकमा बाक्लो हिउँ जमेको प्रजिअ मोहनप्रसाद अर्यालले बताए। मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि रुकुम (पूर्व) बाट बागलुङ, पोखरा हुँदै काठमाडाँै जानेहरु समस्यामा परेका छन् ।

दाङ, सल्यान, बुटवल हुँदै काठमाडौँ जाँदा धेरै समय लाग्छ । यात्रुले छोटो बाटोका रुपमा प्रयोग गर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम (पूर्व) र बागलुङको सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा हिउँ जमेकोले बाटो अवरुद्ध बनेको हो । डोजरले हिउँ पन्छाए पनि बाटो खुलाउन सम्भव नभएकाले अब हिउँ पग्लिएपछि मात्रै सडक सञ्चालन गर्न सकिने प्रजिअ अर्यालले बताए । चिसोले कसैलाई हानी नहोस् भनेर विपन्नलाई न्यानो कपडा वितरण गर्न स्थानीय तहलाई आग्रह गरिएकोले न्यानो कपडा वितरण गरिहरहेको उहाँले बताए ।

पुथाउत्तरगङ्गा गाउँपालिका–१ का बासिन्दाले हिउँ पन्छाउँदै मैकोटमा निर्माण हुन लागेको ढोरपाटन सिकार आरक्षको चारकोठे भवन बनाउने काम गरिरहेका छन् । कूल ५२ लाख बजेटमा रोयल पुथा निर्माण सेवा प्रालिले भवन बनाउन लागेको हो । हिउँ पग्लन धेरै समय लाग्ने भएकाले छिटो काम सक्न मैकोटवासी हिउँ पन्छाएर सो भवन बनाउन जुटेको स्थानीय धनबहादुर कामीले बताए । उनले हिमपात भएपछि जिल्लामा बढेको चिसोको वास्ता नगरी दैनिक ढुङ्गा, माटो निकाल्ने, मैदान बनाउने लगायतका काम गरिरहेका छन् ।

आरक्षको कूल भूभागको ६० प्रतिशतभन्दा भूभाग र सिकार खेल्ने सातमध्ये चार ब्लक रुकुम (पूर्व) मा पर्छ । यति हुँदाहँुदै पनि आरक्षबाट कुनै फाइदा लिन नसकेका त्यस क्षेत्रका बासिन्दा आरक्षको कार्यालय भव बन्न थालेपछि खुशी भएका छन् । कर्मचारी आरक्षमा बसेपछि स्थानीयवासीलाई फाइदा हुनाका साथै वनजङ्गल र वन्यजन्तुको संरक्षण हुने स्थानीयवासी वीरेन्द्र बुढामगरले बताए ।

उत्पादनमा वृद्धि हुने भन्दै कृषकहरु खुशी छन् भने हिउँमा रमाउँदै फोटो खिच्ने, रमाउने काममा युवाहरु मस्त छन् । वर्षामात्र भएको क्षेत्रका मानिसहरु हिउँ खेल्न हूलै बाधेर माथिल्लो क्षेत्रमा पुगेका छन् । विभिन्न कार्यालयका कर्मचारी लगायतको टोली पनि हिउँ खेल्न पुथाउत्तरगङ्गा र बागलुङको सिमाना पातिहाल्ने पुगेका छन् ।

सिँचाइ अभावका कारण ओइलाउन थालेको खेती वर्षा र हिमपातपछि राम्रो हुने सिस्ने गाउँपालिका–५ का कृषक वसन्त बस्नेतले बताए। उनी जस्तै भूमे गाउँपालिका–६ महतका सबिना बुढा आगामी दिनमा असिना परेन भने यसपालिको हिमपातसँगैको वर्षाले उत्पादनमा बढ्नेमा ढुक्क छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies