Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

चन्द्रमामा पुग्ने भारतको तेस्रो योजना सार्वजनिक

नयाँ दिल्ली । विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ।

भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के। शिवनले मानवरहित चन्द्रयान-३ मिसनसम्बन्धी कार्य ूसहज रूपमाू अघि बढिरहेको बताएका छन्।

उनका अनुसार उक्त मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भए पनि त्यो योजना सन् २०२१ सम्म पुग्न सक्नेू सम्भावना छ।

योजना सफल भए भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न सफल चौथौँ राष्ट्र हुनेछ जसले कम लगानीसहितको अन्तरिक्ष शक्तिका रूपमा उसको साख बढाउनेछ।

चन्द्रमाको सतहमा हालसम्म रुस, अमेरिका र चीन मात्रै सफल मिसन कार्यान्वयन गर्न सफल भएका छन्।

यसअघि सन २००८ मा भारतले चन्द्रयान-१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुक्खा सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो।

यसै वर्ष प्रक्षेपण गरिएको चन्द्रयान-२ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए।

चन्द्रयान-२ मिसनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबित हुने ठानिएको थियो जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिसन पठाउने योजनामा काम गरिरहेको छ।

भारतको योजना के छ ?
इसरोका अध्यक्ष शिवनका अनुसार चन्द्रयान(३ मा यसअघिको मिसनकै जस्तै ूकन्फ्युगरेसनू हुनेछ। चन्द्रयान-२ भारतको अन्तरिक्ष निकायले प्रयास गरेको हालसम्मकै कठिन मिसन थियो।

यसले चन्द्रमामा पानी र खनिज पदार्थको खोजीका साथै त्यहाँको भूकम्प मापन गर्ने लक्ष्यका साथ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने लक्ष्य लिएको थियो जहाँ हालसम्म कुनै पनि यान पुग्न सफल भएको छैन।

तर गत सेप्टेम्बरमा चन्द्रमाको सतहमा ठोक्किएर उक्त यानले अवतरण गरेपछि त्यो महत्त्वाकाङ्क्षी मिसन सफल हुन सकेन।

शिवनका अनुसार नयाँ मिसनमा पनि पुरानै क्षेत्रमा अवतरण गरिने योजना बनाइनेछ र पुरानो मिसनमा जस्तै उपकरणहरूको प्रयोग गरिनेछ।

नयाँ उपकरणहरूको मूल्य करिब ३५ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ। मिसनको पूर्ण लागत भने निकै बढी हुने अपेक्षा गरिएको छ।

शिवनका अनुसार सन् २०२० मा भारतले कम्तीमा २५ वटा मिसन प्रक्षेपण गर्ने योजना बनाएको छ। उनले इसरोले मानवसहित अन्तरिक्षको कक्षमा पुग्ने योजनामा पनि ूराम्रो प्रगतिू भइरहेको बताएका छन्।

त्यसका लागि चारजना अन्तरिक्षयात्री तय गरिएका छन्। यसै महिनाको अन्त्यतिर उनीहरूले रुसमा तालिम लिन शुरू गर्ने बताइएको छ।

सन् २०२२ मा हुने भनिएको त्यो मिसनमा तीनजना अन्तरिक्षयात्रीले सहभागिता जनाउन सक्ने सम्भावना छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending