Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

देवताका धामीबाटै छाउ प्रथा हटाउने प्रतिबद्धता

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका छन् । नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् ।

छाउपडी प्रथा न्यूनीकरणमा वडाको पहलमा छिट्टै छाउगोठ भत्काउने प्रतिबद्धतासहित गाउँका सबै एकैसाथ सो अभियानमा जुटेका छन् । जिल्लामै सबैभन्दा बढी छाउगोठ भएको भन्ने समाचार आइरहेका बेला वडा कार्यालयको आयोजना तथा स्थानीयको सक्रियतामा सो अभियान चलाइएको वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।

सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ, डोटीलगायतका जिल्लामा रहेका महिलाले महिनावारी र सुत्केरी भएका बेला कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम रहेको अवस्थामा बडिमालिका नगरपालिका–७ ले सो अभियान सञ्चालन गरको वडाध्यक्ष पाध्यायको भनाइ छ । यस्तो बेलामा केहीपर बनाइएको झुपडीमा बस्दै आएका सुत्केरी वा रजस्वला भएकी नारीलाई अबदेखि घरमै बस्ने वातावरण मिलाउने र भएका सबै छाउगोठ भत्काउन लगाउने सोही गाउँका धामी विजयराम पाध्यायले बताए ।

यसअघि गाउँमा परम्परागत सोच र पुरानो थितिअनुसार चले पनि हालै आएको कानूनले नमान्ने भएपछि सबैले छाउगोठ हटाइ सफा कोठामा बस्दा देउता पनि नलाग्ने र महिला पनि असुरक्षित नहुने भएकाले गाउँका सबै स्थानीयलाई छाउपडी प्रथा नमान्न सल्लाह दिइएको छ । “म आफैँ देउताको धामी छु तर तपाईँहरु कसैलाई घरमै छाउपडी बसालेकै भरमा देउता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म आफैँ धामीले लिने र कुनै घण्ट चढाउनु परे पनि म र वडा कार्यालयले जिम्मा लिनेछौँछु तपाईँहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस्”, धामी पाध्यायाले भने ।

छाउपडी प्रथा प्राचीनकालदेखि नै चलिआएको बताइन्छ । मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालीकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ । छुईका कारण अलग्गै बसेका बेला महिलामा पटक÷पटक अप्रिय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन् । विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन् । सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको सात दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने बाध्यता रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies