मकवानपुर । मकवानपुरको हेटौँडामा निर्माणाधीन आधुनिक र सुविधासम्पन्न फुटबल मैदानको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आगामी फागुनसम्ममा सम्पूर्ण निर्माण सम्पन्न गरिने खेलकूद विकास समितिका माधव तिमल्सिनाले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा खेल मैदान निर्माण भइरहेको हो । सम्याउने तथा पानी नजम्ने प्रविधिका लागि निकासका साधन जडान गरी मिलाउने र खेलाडीलाई पानीको फोहोरा हान्न मिल्ने गरी अन्तर्राष्ट्रियस्तरको आधुनिक फुटबल मैदान निर्माण हुने उनको भनाइ थियो ।
प्रदेश सरकारले मकवानपुरको हेटौँडा र सिन्धुपाल्चोकमा फुटबल मैदान निर्माण गरिरहेको र दुवै मैदान निर्माणको अन्तिम चरणमा रहेको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ थियो । खेलक्षेत्रको विकास गर्न सक्ने हो भने देशले आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो । उनले खेल क्षेत्रका पूर्वाधारको विकास गरेर ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने हो भने खेल पर्यटन वृद्धि हुने र देशको आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने उनको धारणा छ । हेटौँडाको केन्द्रीय खेलकुद प्रतिष्ठानमा निर्माणधीन गौरीटार रङ्गशालाको मुख्यमन्त्री पौडेलले निरन्तर अनुगमन र अवलोकन गरी प्रत्यक्ष रुपमा निर्माण कार्यलाई छिटो र स्तरीय तबरले सम्पन्न गर्न निर्देशन दिने र त्यो निर्देशनका कारण पनि काम द्रूतगतिमा अगाडि बढिरहेको निर्माणमा सङ्लग्न ठेकेदार कम्पनीका प्रतिनिधिले जनाएका छन् ।
रासससँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले काममा ढिलाइ हुन नहुने बताए । पौडेलले यही वर्षभित्र आधुनिक प्रविधियुक्त उत्कृष्ट फुटबल मैदान, अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने खालको भलिबल कोर्टसहितको कभर्ड हल र एक वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्ने गरी काम गरिरहेको बताए । उनले प्रदेश राजधानी हेटौँडामा रहेको गौरीटार रङ्गशालामा फुटबल मैदानको र कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
मुख्यमन्त्री पौडेलले सोही स्थानमा आगामी वर्षभित्र क्रिकेट मैदानको निर्माण कार्य सकिने बताए । उनले फुटबल मैदानको प्यारापिट निर्माण कार्य तत्काल शुरु गरिने बताए। “हाम्रो कार्यकालभित्र सबै खालका प्रतियोगिता आयोजना गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरका रङ्गशाला निर्माण हुन्छन् । प्रदेशका सबै जिल्लामा व्यवस्थित खेल मैदान बन्छन्, स्थानीय तहमा पनि खेलमैदान निर्माण कार्यलाई प्राथमिकता दिइन्छ”, उनले भने ।
तेइस बिघा जमीनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त आवासको निर्माण पनि भइसकेको छ । प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएशन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुने जनाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: