Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

अव्यवस्थित रहेको पार्किङको समस्या समाधान हुने

विराटनगर । लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या हल भएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करहरुले पार्किङ गर्ने समस्या व्यहोरिरहेका थिए । पूर्व क्षेत्रलाई इन्धन बिक्री गरिरहेको निगमले लामो समयदेखि पार्किङको समस्या झेलिरहेको थियो भने पार्किङका लागि उपयुक्त जग्गाको खोजी निगमले गरिरहेको थियो ।

निगमका प्रमुख अशोक साहले स्थानीय वासुदेव रेग्मीको नाममा रहेको जग्गा १८ कठ्ठा जग्गा भाडामा लिएपछि पार्किङको समस्या हल भएको निगमका प्रमुख साहले जानकारी दिए । जग्गाको अभाव कोशी लोकमार्ग अर्थात् धरान विराटनगरको छ लेनको सडकको दुई लेन ट्याङ्करले नै प्रयोग गरिरहेको थियो । कहिलेकाहीँ ट्याङ्करको लाइन निगमदेखि दक्षिण र उत्तरतर्फ लामो लाइन लाग्ने गरेको थियो भने सवारी दुर्घटनाको सम्भावना पनि बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोदारले जानकारी दिए ।

पार्किङको समस्या हल भएपछि त्यस क्षेत्रमा सडक फराकिलो भएको, सवारी आवागमनमा सहज भएको र दुर्घटना हुने समस्या पनि टरेको प्रमुख पोदारले बताए । पछिल्लो समयमा विराटनगर महानगरपालिका क्षेत्रभित्रमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गर्न थालेपछि मानिस सचेत भएका छन् भने सडकमा हिँड्ने मानिस पनि सडक पेटीबाट हिँड्न थालेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending