काठमाडौं । डिजिटल विश्वमा मानिसको हरेक जानकारी उसको इमेल या विभिन्न सामाजिक सञ्जालका एकाउण्टमा राखिएको हुन्छ । साथै मानिसहरुले आफ्नो स्मार्ट मोबाइलमा पनि कतिपय निजी कुरा राखिरहेका हुन्छन् ।
यस्तोमा आफ्नो डिजिटल सामाग्रीलाई सुरक्षीत गर्नको लागि मानिसहरुले पासवर्डहरुको प्रयोग गर्ने गर्दछन् । उनिहरु पासवर्ड राख्दा आफ्ना डिजिटल सामाग्रीहरु सुरक्षित भएको ठान्दछन् । तर पछिल्ला समयमा साइबर अपराधी तथा ह्याकर्सले मानिसहरुको ई–मेल तथा अन्य सुरक्षित ठानिएको एकाउन्टबाट ह्वाक गरि महत्वपूर्ण जानकारीहरु लिईरहेका छन् । यति मात्रै नभएर ह्याकरले मानिसहरुको बैंकिङ्ग जानकारी पत्ता लगाएर उनिहरुको बैंक एकाउण्ट खाली पनि गराएका छन् ।
खास गरेर इन्टरनेट र मोबाइलबाट ह्याकरले बैकिंङ्ग प्रयोगकर्तालाई सहजै लुट्ने गरेका छन् । यस वर्ष मात्रै ५ मिलियन यानी ५० लाखभन्दा बढि पासवर्ड लिक भए । जसमध्ये ह्याकरले असाध्यै सामान्य मानेको ५० पासवर्ड सार्वजनिक भएको छ । आउनुहोस् जानौं धेरै प्रयोगकर्ताले राख्ने ५० पासवर्ड ।
यी हुन् धेरैले प्रयोग गर्ने ५० पासवर्ड
23456, 123456789, qwerty, Password, 1234567, 12345678, 12345, iloveyou, 111111, 123123, abc123, qwerty123, 1q2w3e4r, admin, qwertyuiop, 654321, 555555, lovely, 7777777, welcome, 888888, princess, dragon, password1, 123qwe, 666666, 1qaz2wsx, 333333, michael, sunshine, liverpool, 777777, 1q2w3e4r5t, donald, freedom, football, charlie, letmein, !@#$%^&*, secret, aa123456, 987654321, zxcvbnm, passw0rd, bailey, nothing, shadow, 121212, biteme, ginger
यी धेरैले प्रयोग गर्ने कमन पासवर्ड हुन् । जसलाई मानिसहरुले आफ्नो एकाउण्ट सुरक्षित बनाउनको निमित्त प्रयोग गरेका हुन्छन् । यी पासवर्ड राखिनुको कारण पासवर्ड नबिर्सनको लागि पनि हो ।
तर, ह्याकर यी सामान्य पासवर्डको विषयमा जानकार छन् । उनिहरु सहज रुपमा एकाण्ट ह्याक गर्न सक्छन् । यदि तपाईं पनि यस्तै पासवर्ड प्रयोग गर्नुहुन्छ भने कृपया बदल्नुहोस् । यदि तपाईंले पासवर्ड बदल्नुभएन भने तपाईंको एकाउण्ट सुरक्षित हुनेछैन् ।
कस्तो पासवर्ड राख्दा सुरक्षित ?
जब तपाईं आफ्नो इमेल या इन्टरनेट बैंकिङ्गसँग सम्बन्धित एकाउण्टका पासवर्ड बनाउनुहुन्छ त्यस्तो बेला अनिवार्य रुपमा नम्बर र अक्षरको प्रयोग गर्नुहोस् । स्माल लेटरको साथसाथै नम्बर र स्पेशल क्यारेक्टरको पनि प्रयोग गर्नुहोस् । अक्षर र नम्बर मिलाएर बनाएको पासवर्ड ह्याक गर्न सजिलो हुँदैन् ।
पासवर्ड बनाएसँगै प्रत्येक महिना पासवर्ड बदल्न जरुरी हुन्छ । पासवर्ड बदल्दै गर्दा पनि तपाईंको एकाउण्ट सुरक्षित रहन्छ । साथै ह्याकर पनि तपाईंको एकाउण्ट ह्याक गर्न असमर्थ हुन्छ । (एजेन्सीको सहयोगमा)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: