Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विराटनगर जुटमिल बन्द भएपछि पनि एक हजार ८१ कर्मचारी खडा गरेर ५६ करोड भुक्तानी हुदाँ सरकार चुपचाप

काठमाडौँ  । विराटनगर जुटमिल बन्द भएपछि पनि शंकास्पद रूपमा एक हजार ८१ कर्मचारी खडा गरेर ५५ करोड ९२ लाख वितरण गरेको भनेर जाँचबुझ आयोगले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । विराटनगर उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको नेतृत्वमा गठन भएको आयोगले जुटमिलको अनियमितता प्रतिवेदन दिएको थियो । गत असोजमा आएको प्रतिवेदनमा सरकारले कुनै पनि स्तरमा छलफलसमेत गरेको छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ -वि.सं. १९९३ मा स्थापना भएको विराटनगर जुटमिल सुरुमा नाफामूलक रूपमा चले पनि पञ्चायतको उत्कर्षमा ओरालो लागेको थियो । ०३० बाट घाटामा जान थालेको यो उद्योग ०४० देखि दयनीय अवस्थामा पुगेको थियो । कहिले खुल्ने र बन्द हुने अवस्थामा चलेको उद्योगलाई सरकारले १८ भदौ ०५९ मा अरिहन्त मल्टी फाइबर्सलाई भाडामा दिएको थियो । पाँच वर्षको सम्झौता गरेको सो कम्पनीले पनि पटकपटक उद्योग बन्द गर्दै ०६२ मा छोडेको थियो ।

यसबीचमा उद्योग चलाउने भन्दै विभिन्न सरकारले पैसा हाल्दै आएका थिए । बजेट पाउनासाथ चलेको देखाउने र खर्च हुनासाथ बन्द गर्ने प्रचलनले सरकारको १६ करोड लगानी भयो । यसबीचमा उद्योग उल्टै आठ करोड घाटामा गयो । कुनै पनि अवस्थामा उद्योग चलाउन नसक्ने भन्दै सरकारले ०६६ मा उद्योग बन्द गर्ने निर्णय ग-यो । त्यसका लागि कर्मचारीलाई अन्तिम बिदाइ गर्न ५५ करोड ९२ लाख रुपैयाँ सरकारी बजेटबाट निकासा भयो । ‘कति कर्मचारी र मजदुर मिलमा स्थायी थिए, कहिलेबाट स्थाथी थिए भन्ने खोजतलास हुँदा तीन सय ३४ मजदुर मात्र ३२ असार ०६४ देखि स्थायी भएको प्रमाण खुलेको थियो, अन्य कर्मचारीका लगत भेटिएन,’ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

कर्मचारीलाई बिदाइ गर्न सुरुमा ४० करोड १७ लाख दिएको र त्यति गर्दा पनि ५४ जनाको छुटेको भन्दै थप रकम वितरण गरिएको थियो । अझ पनि पाँच सय ९४ मजदुर छुटेको भन्दै थप रकम वितरण गरिएको थियो । तर, जाँचबुझ आयोगले सुरुमा वितरण गरिएको ४० करोडको हिसाबमा समेत चित्त बुझाउन सकेको छैन ।

एकातिर पाँच सय ९४ मजदुर छुटेको भनेर उनीहरूको नाममा उपदान निकालिएको छ, तर बाँकी रहेको तलब, घरभाडा, भत्ता, सञ्चयकोष निकाल्दा चार सय ३७ मजदुर मात्रै छुटेको भन्दै थप पैसा निकालिएको छ । कहिले पाँच सय ९४ र कहिले चार सय ३७ भन्दै मनपरी पैसा खर्च गरिएको छ । ‘यसरी पैसा निकाल्दा कुनै प्रमाणित लिखत, कागज र अभिलेखसमेत उपलब्ध नहुँदा भुक्तानी गरिएको रकमलाई कानुनसम्मत मान्न सकिने अवस्था देखिएन,’ प्रतिवेदनले भनेको छ ।

छानबिन आयोगको प्रतिवेदनअनुसार ३०–४० को दशकमा मिलले नाफा र घाटा गर्दै गएकाले २ करोड ३० लाख रुपैयाँ सञ्चित नोक्सानी व्यहोरेको थियो । तर, ४०–५० को दशकमा आइपुग्दा मिलको सञ्चित घाटा ७९ करोड १७ लाख पुगेको थियो । ५० को दशकपछि चरम राजनीतीकरण र मिल्स लिजमा दिएर चलाउने र बन्द गर्ने प्रवृत्ति देखियो । जसकारण ६० को दशकसम्म आइपुग्दा मिलले २ अर्ब ६ करोड रुपैयाँ सञ्चित नोक्सानी व्यहोरेको थियो ।

तत्कालीन उद्योगमन्त्री अनिल झालाई कारबाही गर्न आयोगको सिफारिस
जुटमिलमा भएको अनियमितता जाँचबुझ गर्न गठन भएको आयोग भन्छ, ‘जग्गा व्यक्तिको नाममा बनाउन वैधानिक रूपमा भूमिका खेलेको भन्दै विभागीय मन्त्रीको रूपमा तत्कालीन उद्योगमन्त्री अनिल झालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिन्छ ।’ झाले विराटनगर जुटमिल सञ्चालक समितिको निर्णय नै नगराई उद्योगलाई नोक्सान हुने गरी २३ पुस ०६९ मा मन्त्रीस्तरीय निर्णय गरी मिलको जग्गा व्यक्तिलाई दिने निर्णय गरेकाले कारबाहीका लागि सिफारिस गरिएको हो ।

विराटनगर जुटमिललाई घाटामा पु-याउने गरी मन्त्रीले आफ्नो क्षेत्राधिकार बाहिर गई निर्णय गरेको भन्दै नियमसंगत मान्न नसकिने ठहर जाँचबुझ आयोगको छ । तत्कालीन मन्त्री झाले विराटनगर जुटमिल सञ्चालक समितिको निर्णयलाई छलेर आफैँले मन्त्रीस्तरीय निर्णय गरी २३ पुस ०६९ मा जुटमिलका संरचना भत्काएर मिलको जग्गा व्यक्तिलाई दिलाउन भूमिका खेलेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending