Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

भ्रष्टाचारको डरलाग्दो तथ्यांक : व्यवसायीको ३५ प्रतिशत जति आम्दानी त घुसमै खर्चिन्छ

उद्योग परिसंघले १ हजारभन्दा बढी साना–ठूला उद्यमीमा गरेको अध्ययनअनुसार ठूला उद्यमीले आयको ३० दशमलव ४१ प्रतिशतसम्म, मझौलाले ३२ दशमलव ७२ प्रतिशत र साना उद्योगीले ३४ दशमलव ६७ प्रतिशतसम्म घुस टिप्समा खर्च गरिरहेका छन्

काठमाडौँ । निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यावसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशतसम्म रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ । नेपाल उद्योग परिसंघले १ हजारभन्दा बढी उद्योगीहरूमा गरेको अध्ययनबाट निजी क्षेत्रले आफ्नो आम्दानीको ३० देखि ३५ प्रतिशतसम्म रकम घुस र टिप्समा खर्चिनुपरेको भेटिएको हो । ‘कतिपय अवस्थामा निजी क्षेत्रले ५७ प्रतिशतसम्म घुसमा खर्च गर्नुपरेको भेटियो,’ नेपाल उद्योग परिसंघका बैंकिङ तथा नियमन समितिका सदस्य अनलराज भट्टराईले भने ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - उद्योग व्यवसायको दर्ता प्रक्रियादेखि नै घुस तथा टिप्स नदिई कामै नबन्ने परिपाटी सुरु भइहरेको तहमा पैसा दिनैपर्ने वतावरण डरलाग्दो रूपमा फस्टाउँदै गएको निजी क्षेत्रको गुनासो छ । आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको भ्रष्टाचारसम्बन्धी एक कार्यक्रममा भट्टराईले निजी क्षेत्रले नियमित कार्य सम्पादनका क्रममा पनि ब्युरोक्रेसीमाथि ठूलो रकम खर्च गर्नुगरेको तथ्यांक सार्वजनिक गरेका हुन् । परिसंघको तर्फबाट भट्टराईले प्रस्तुत गरेको तथ्यांकअनुसार ठूला उद्योगी व्यवसायीले आयको ३० दशमलव ४१ प्रतिशतसम्म, मझौलाले ३२ दशमलव ७२ प्रतिशत र साना उद्योगीले ३४ दशमलव ६७ प्रतिशतसम्म घुसमा खर्च गर्ने गरेका छन् ।

घुस र भ्रष्टाचारको स्वरुप भने भिन्न रहेको उनको कार्यपत्रमा उल्लेख छ । कुनै रकम उद्योगी व्यवसायीले काम छिटो गराउन (स्पिड मनी) मा खर्च गरेको, कुनै रकम काम गरिदिएबापत पैसा दिएको ९ग्रिज पेमेन्ट्स० र कुनै घुस रकमचाहिँ विभिन्न किसिमको लविङमा खर्च हुने गरेको छ । ‘हरेक तह र तप्कामा घुस नदिई कामै नबन्ने परिपाटी छ,’ उनले भने । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपालको आर्थिक सुशासन एकदमै कमजोर देखिएको छ । नेपालले सय पूर्णांकमा ३० मात्र पाएको छ । ५० अंकसम्मलाई ट्रान्सपरेन्सीले एकदमै घुसखोरी र भ्रष्टाचार हुने देशमध्येमा राख्ने गर्छ । तीन वर्षदेखि नेपाल १ सय ८० देशमध्ये १ सय २४औँ स्थानमा छ ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले ओभर साइट एजेन्ट (नियमनकारी निकाय) धेरै भएकाले पनि व्यवसायीले निकै दुःख पाइरहेको गुनासो गरे । ‘प्रशासन यन्त्रले कुनै पनि जायज कामको पनि वेलैमा निर्णय गरिदिँदैन,’ उनले भने, ‘हाम्रो संयन्त्र कस्तो छ भने मानौँ हामीले कुनै काम गर्न लाइसेन्स लिएका छौँ । भोलिसम्म कुनै निर्णय नभए लाइसेन्स खारेजीमा पर्न सक्छ । तर, अघिल्लो दिनसम्म हाम्रो फाइल विभिन्न शाखा र विभागमा घुमाइदिन्छन् । त्यसकारण काम छिटो गराउन पनि टिप्सका रूपमा केही रकम दिनैपर्ने बाध्यता हुन्छ । नत्र लाइसेन्स लिएर करोडौं खर्च भइसकेको परियोजना खारेजीमा पर्न सक्छ ।’ उनले राम्रो काम गरेर टिप्स लिनेभन्दा पनि कामै नगरिदिएर अनैनिक रकम लिने परिपाटी रहेको बताए । घुस र भ्रष्टाचारको मात्रा विभिन्न तह र तप्कामा बढ्दै गएको अख्तियारको प्रतिवदेनले पनि औँल्याएको छ ।

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले प्रस्तुत गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा भ्रष्टाचारबारे उजुरी पर्ने कार्य २५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष अख्तियारमा सढे १९ हजार उजुरी परेका थिए । आर्थिक वर्ष ०७५/७५ मा त्यो संख्या बढेर २४ हजार पुगेको छ । ‘बितेको पाँच महिनामा हामीले गरेको स्ट्रिङ अपरेसनका क्रममा रंगेहात पक्राउ पर्नेहरू मात्रै झन्डै दुईगुणाले बढेका छन्,’ उनले भने, ‘१६ सय मुद्दा अनुसन्धानमा छन् ।’

अख्तियारका अनुसार आर्थिक वर्ष ०७४र७५ मा ९७ जना रंगेहात पक्राउ परेका थिए । ०७५र७६ मा १ सय ९७ जना पक्राउ परे । भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता पनि १ सय ९४ बाट बढेर ३ सय ५१ पुगेको छ । घिमिरेका अनुसार मुद्दा फैसलामा अखतियारले ८८ प्रतिशत सफलता प्राप्त गर्न थालेको छ । ०७४र७५ मा यो सफलता ६८ प्रतिशत थियो । अख्तियारका सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार ३१ प्रतिशत सरकारी कार्यालयमा बिचौलियामार्फत काम गरिदिने र अतिरिक्त रकम लिने पारिपाटी छ । ७४ प्रतिशत कार्यायले सेवामा ढिलासुस्ती गरेर अतिरिक्त रकम असुल्ने गरिन्छ । यस्तो अतिरिक्त रकमको चलखेल मालपोत, नापी, नगर÷गाउँपालिका, शिक्षा कार्यालय, विकास निर्माण, यातायात र जिल्ला प्रशासन कार्यालयमा बढी हुने गरेको कोइरालाले तथ्यांक प्रस्तु गरेका थिए ।

भ्रष्टाचारबारे विश्व तथ्यांक

विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष १० खर्ब डलरबराबर रकम घुसमा खर्च हुने गरेको छ ।
राष्ट्रसंघीय प्रतिवेदनअनुसार वर्षेनी ३६ खर्ब डलरबरारको रकम घुस, चोरी र जालसाझीमा खर्च भइरहेको छ ।
विश्वप्रसिद्ध लेखापरीक्षण संस्था प्राइसवाटर कुपरहाउस ९पिडब्लुसी० ले सन् २०१६ मा गरेको एक सर्वेक्षणअनुसार भ्रष्टाचार र घुसखोरीका कारण विश्वका नागरिकको प्रतिव्यक्ति आय ३८० डलरले घटाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०१७ मा भारतमा ट्रक व्यवसायी र चालकमाथि गरेको सर्वेक्षणअनुसार वार्षिक २ अर्ब २२ करोड भारतीय रुपैयाँबराबर घुस खुवाउनुपर्छ । त्यसमध्ये ४३ प्रतिशत रकम प्रहरीलाई खुवाउनुपर्ने र ४५ प्रतिशत रकम कर्मचारी संयन्त्रलाई खुवाउनुपर्ने बाध्यता छ । घुस खुवाउनैपर्ने परिपाटीले ट्रकको ट्रिपयात्रामा ४० प्रतिशतसम्म ह्रास आएको ट्रान्सपरेन्सीले खुलासा गरेको छ ।
जरैदेखि नक्कली कारोबार हुन थालेको छ
डा। युवराज खतिवडा,अर्थमन्त्री
भ्रष्टचार र घुसखोरीको कुरा गर्दा यसको सुरुवात र निवारण पनि आफँैबाट सुरु हुन्छ भन्ने हेक्का राख्न जरुरी छ । केही समययता वित्तीय अपराध बढेको देखिन्छ । कम्पनी दर्तादेखि नै नक्कली काम सुरु भइरहेको छ । कतिको नागरिकता नक्कली छ, अन्जान मान्छेको नागरिकता लिएर फर्म दर्ता गरिएको छ । नक्कली कम्पनी दर्ता गर्ने, नक्कली कारोबार गर्ने र त्यही कारोबारबाट पनि कर छली गर्ने परिपाटी छ । अनि त्यसैलाई ठिक दुरुस्त छ भनेर अडिटरले सही छाप गरिदिएको पाइन्छ । लेखा व्यवसायीलाई अन्यलाई जस्तो छुट छैन । उनीहरूलाई गैरकानुनी कामको प्रोत्साहन गर्ने छुट छैन ।

सामाजिक संरचना नै भ्रष्टाचारमय
वर्षमान पुन,ऊर्जामन्त्री
हामीले कुनै एक क्षेत्रमा मात्र भ्रष्टाचार व्याप्त छ भन्यौँ भने त्यो क्षेत्रलाई अन्याय हुनेछ । समाजको तल्लो तहदेखि भ्रष्टाचारको जरो गाडिएको छ । राजनीतिलाई भ्रष्ट भनिन्छ । तर, भोट माग्न जाने वेलामा त्यहाँ स्थानीय क्लब, समूह र युवालाई पैसा नदिए भोटै दिँदैनन् । कर्मचारीलाई भ्रष्ट भनिन्छ । ती कर्मचारी पनि यही समाजबाट आएका हुन् । कसरी अछुतो बस्न सक्छन् रु व्यवसाय पनि अछुतो छैन । अख्तियार, महालेखा परीक्षकको कार्यालय र लेखापरीक्षकले पनि निष्पक्ष काम गरेको भन्न सकिने अवस्था छैन । तर, यति हुँदाहँुदै समाजमा रोलमोडल पनि छन् । हामीले नकारात्मकबाट कुसंस्कार सिक्ने हैन कि रोलमोडलबाट सुसंस्कार सिक्नुपर्छ । धेरै राम्रा काम पनि भइरहेका छन् । तिनको अनुसरण गर्नुपर्छ ।

नकारात्मक टिप्पणी पनि सुनौँ
कृष्ण आचार्य ,अध्यक्ष, आइक्यान
लेखापरीक्षण क्षेत्रमा बारम्बार विभिन्न पक्षबाट प्रहार हुने गरेको छ । यो हाम्रो पेसाका लागि निश्चय नै राम्रो होइन । तर, हामीले नकारात्मक टिप्पणीलाई पनि सुन्ने बानी बसाल्नुपर्छ र सकारात्मक कार्य गर्नेतर्फ प्रेरित हुनुपर्छ । कहिलेकाहीँ हामीजस्ता छौँ, त्यस्तै र कहिलेकाहीँ जस्तो छैनौँ, अर्कै पनि परिभाषित गरिन्छ । तर, यस्ता टिप्पणीबाट निराश हुने छैन । सकारात्मक काम गर्दै जानुपर्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending