Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

पाँच दिनमा झन्डै २७ करोडको अवैध लागुऔषध 'कोकिन' बरामद

काठमाडौँ । प्रहरीले पाँच दिनको अवधिमा झन्डै २७ करोड रुपैयाँ मूल्यबराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ । छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरेको थियो । सोही ठाउँबाट ब्युरोले शनिबार पुनः ६ किलो कोकिन बरामद गरेको छ । बरामद कोकिनको अन्तर्राष्ट्रिय बजारमा अवैध मूल्य झन्डै २७ करोड रुपैयाँ पर्छ । प्रहरीका अनुसार उत्पादन अत्यधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ब्युरो प्रमुख डिआइजी दिनेश अमात्यले नेपालको बाटो हुँदै अन्तर्राष्ट्रिय बजारमा कोकिन तस्करी बढेको बताए । ‘केही दिनअघि तीन किलो कोकिन बरामद भयो, अहिले ६ किलो भेटिएको छ । यी घटनाले नेपालको बाटो हुँदै अन्तर्राष्ट्रिय बजारमा कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको पुष्टि हुन्छ,’ उनले भने ।

प्रहरीका अनुसार गत मंगलबार बरामद भएको तीन किलो कोकिन ज्याकेटको फल्स बटनभित्र लुकाई ल्याइएको थियो । शनिबार बरामद भएको ६ किलो कोकिन पनि ज्याकेटको फल्स बटनभित्रै लुकाई–छिपाई ल्याउँदै गरेको अवस्थामा फेला परेको हो । दुवै घटनामा तस्कर समूहले एकै मुलुक ९बोलिेभिया०का नागरिक प्रयोग गरेको छ । दुवै घटनामा बरामद कोकिन एकै मुलुकबाट आयात गरिएको खुलेको छ ।

यी तथ्यले नेपाललाई ‘ट्रान्जिट’ बनाई कोकिन तस्कर गर्ने समूह एउटै रहेको प्रहरीको दाबी छ । ‘गत मंगलबार बरामद भएको कोकिनको तस्करी शैली र पछिल्लोपटक बरामद कोकिनको तस्करी शैली एउटै छ । तस्करीका लागि प्रयोग गरिएका भरिया र आयात गरिएको मुलुकसमेत एउटै छ । नेपाललाई ट्रान्जिट बनाएर कोकिन तस्कर गर्ने समूह एउटै भएको यसले पुष्टि गर्छ,’ ब्युरोका एसएसपी वसन्त लामाले भने ।

प्रहरीले गत मंगलबार ४१ वर्षीया हेरा आर्तेगा र शनिबार रोबर्ट कार्लोस मेरुबिया मारियस र रुल जाम्ब्रना अर्डेनेजलाई पक्राउ गरेको हो । उनीहरू बोलिभियन नागरिक हुन् । पक्राउ परेका तीनैजना ब्राजिलबाट कोकिन बोकेर नेपाल आएका थिए ।

प्रेमी–प्रेमिका नै तस्करका भरिया
प्रहरीले शनिबार ब्राजिलबाट ल्याइएको ६ किलो कोकिन रोबर्ट कार्लोस र रुल जाम्ब्रनासँग बुझेर हङकङ लैजान लागेका बेलारुसका नागरिक पाभेल भसिलयु र एलिना अल्डोसेनालाई पक्राउ गरेको थियो । अनुसन्धानपछि पक्राउ परेका बेलारुसका दुईजना प्रेमी–प्रेमिका भएको खुलेको छ । कोकिन तस्करी गर्नकै लागि उनीहरूलाई तस्कर समूहले बेलारुसबाट नेपाल ल्याएको थियो । उनीहरूलाई नेपालबाट कोकिन बुझेर हङकङ लैजाने जिम्मा दिइएको थियो । तस्करीकै क्रममा पक्राउ गरेपछि उनीहरूको योजना तुहिएको हो ।

नौ वर्षको अवधिमा डेढ अर्बको कोकिन बरामद
नौ वर्षको अवधिमा नेपाल प्रहरीले साढे ५२ किलो कोकिन बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकमा उल्लेख छ । हालको अवैध मूल्यअनुसार बरामद कोकिनको मूल्य एक अर्ब ५७ करोड रुपैयाँ पर्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending