जाजरकोट । पाँच सयभन्दा बढी विद्यार्थी रहेको भेरी नगरपालिका–११ जगतीपुरस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा पिउने पानी विद्यार्थीले घरबाट ल्याउने गरेका छन् । विद्यालयमा पिउने पानी नहुँदा विद्यार्थीले दैनिक घरबाट बोतलमा पानी लिएर आउने गरेको वडाध्यक्ष भवानीप्रसाद शर्माले बताए । आफ्नो वडाभित्र पानीको मुहान नभएका कारण विद्यालयमा पानी ल्याउन नसकिएको हो । पिउने पानीसम्म नहुने विद्यालयमा शौचालय प्रयोग गर्नसमेत समस्या भएको शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई सुनाएका थिए । विद्यालय अनुगमन तथा निरीक्षणमा शुक्रबार गएका प्रजिअ पन्तलाई शिक्षक तथा विद्यार्थीले उक्त गुनासो गरेका हुन् ।
खानेपानीको मुहान नभएका कारण विद्यालयमा पानी आपूर्ति गर्न नसकिएको वडाध्यक्ष शर्माले बताए । उनले भने, “विद्यालयमा खानेपानी ल्याउने इच्छा त छ नि ? तर हाम्रो सानो बजेटले त्यो अर्को वडाबाट पानी ल्याउन सम्भावना छैन ।” गाउँमा समेत खानेपानीको हाहाकार छ । “गाउँदेखि तल रहेको सानो पानीको मुहानबाट पानी ल्याउन आधा घण्टा लाग्छ”, स्थानीयवासी रामबहादुर आचार्यले गुनासो गरे । उनले भने, “छोराछोरी विद्यालय जाँदा झोला, कापी–कलमका साथै पानीको बोतलसमेत लिएर जाने गरेका छन् ।”
विद्यार्थीहरुले लिएको पानीसमेत सकिँदा तिर्खा लागेर हैरान हुने गरेको पीडा सुनाउँछन् । “नजिक घर भएका साथीको घरबाट थप पानी ल्याउनुहुन्छ, नभएका गाउँमै गएर पानी मागेर पिउने गर्दछन्”, कक्षा ७ मा अध्ययनरत छात्रा गीता आचार्यले भने, “दैनिक पानी मागेर पिउँदा दिक्क लाग्ने गर्दछ, गाउँलेले पनि टाढाबाट बोकेर ल्याएको पानी सधैँ दिँदा दिक्क मान्छन् होला ।”
पानी र शौचालयलगायतका समस्याले गर्दा विद्यार्थी आधा समय मात्र विद्यालयमा बस्ने गरेको शिक्षक बताउँछन् । विद्यालय अनुगमन गर्न पुग्नुभएको प्रजिअ पन्तसँग शिक्षकको गुनासो एउटै थियो, “विद्यालयमा ५०० विद्यार्थीमध्ये मुस्किलले तीनसय जति उपस्थित हुने गरेका छन्, आएका पनि पूरै समय विद्यालयमा नबसी घर जान्छन् ।” विद्यालय उपस्थित नहुनेमा अधिकांश दलित समुदायका विद्यार्थी रहेको सहायक प्रधानध्यापक नारायण रोकायले जानकारी दिए ।
शिक्षकको गुनासो सुनेपछि प्रजिअ पन्तले शैक्षिक सुधारका लागि नौ सुझाव दिएको जानकारी दिनुभयो । विद्यालयमा कार्यरत शिक्षक नियमितरूपमा आई जिम्मेवारी पूरा गर्ने, विद्यालयको सरसफाइ सन्तोषजनक नभएकाले सरसफाइमा ध्यान दिई स्वच्छ, सफा वातावरण सिर्जना गर्ने, खानेपानीको समस्या हल गर्न विद्यालयमा पानी जम्मा गरेर राख्नेलगायतका सुधार योजना निर्माण गरी कार्यन्वयन गर्ने, विद्यार्थीको शैक्षिक उपलब्धि तयारी गरी सिकाइ उपलब्धिमा वृद्धि गर्ने, शौचालयमा पर्याप्त पानीको व्यवस्थासहित नियमित पानीको व्यवस्था गर्ने, पुस्तकालयको पर्याप्त व्यवस्था गर्ने, विज्ञान प्रयोगशालालाई व्यवस्थित गरी प्रयोगमा ल्याउने र सबै मिलेर विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्नेलगायतका सुझाव दिएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: