सिञ्जा । यो वर्ष पनि स्याउले राम्रो मूल्य पाएन, कति त कुहिएरै सकिए, वर्षभरि दुःख गरी उत्पादन गरेको स्याउ बजार मूल्य नपाउँदा निकै सास्ती भोग्नुपरेको छ”, पातारासी गाउँपालिकाका किसान रमा भण्डारीको गुनासो हो यो । स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको उनको दुखेसो छ ।
“सरोकारवालाले किसानका समस्या कहिले बुझ्ने, स्याउ सुपरजोनको काम के हो रु”, उनले भने । विचौलियाका कारण वास्तविक किसान ठगिएका उनको भनाइ छ । यस्तै तातोपानी गाउँपालिका–७ का स्याउ कृषक मुनबहादुर कुँवरले बजारीकरणको अभावमा स्याउका लागि प्रसिद्ध जुम्लाकै कृषक स्याउ खेतीमा हतोत्साहित भएका र किसानले बोटबाट स्याउ टिपेर बिक्रीका लागि भौँतारिनु परेको बताए ।
“अहिले बजारमा स्याउको माग छ, तर कृषक रित्ता छन्, बनेका सोलार स्टोर प्रयोगविहीन छन्”, उनले भने, “बनेका भौतिक संरचना प्रयोगमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु ।” स्याउ सुपरजोन जुम्लाले आयोजना गरेको बजार प्रवद्र्धन तथा अन्तक्र्रिया गोष्ठीमा सहभागी अधिकांश किसानले स्याउले बजार मूल्य नपाएको गुनासो गरे ।
यस वर्ष प्रतिकिलो स्याउको रु ३५ देखि ५० मूल्य पाउन पनि मुस्किल परेको कृषकको भनाइ छ । जुम्लाको स्याउको नाममा बाहिर जिल्लाको स्याउले मूल्य पाएको र सरोकारवाला निकायले आवश्यक पहल नगरेका कारण जुम्लाको स्याउले मूल्य नपाएको उनीहरुको गुनासो छ । बजारमा रहेका बिचौलिया नरोकेसम्म जुम्लाको स्याउले मूल्य नपाउने र स्याउको गरिमा नै घट्ने वरिष्ठ स्याउ कृषक शङ्खुबहादुर खत्री बताउछन् ।
सोलार स्टोरको प्रयोग गर्न सके बाह्रै महिना स्याउको गुणस्तरदेखि मूल्यमा गिरावट नआउने उनले बताए । स्याउ सुपरजोनका अनुसार नेपालमा हरेक वर्ष एक लाख मेट्रिक टनको हाराहारीमा स्याउ खपत हुन्छ । सोमध्ये ४३ हजार मेट्रिक टन नेपालमै उत्पादन हुन्छ भने ६७ हजार मेट्रिक टन बाहिरबाट आयात हुन्छ । देशभर जुम्लामा उत्पादित स्याउको माग अत्यधिक भए पनि मागअनुसारको खपत हुनसकेको छैन ।
हिमा गाउँपालिकाका किसान गोपाल रोकायाले विशेषगरी स्याउ उत्पादन भन्दा गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए । स्याउ सुपरजोनले कार्य क्षेत्र बढाउनुपर्ने उनको भनाइ छ । सिञ्जा क्षेत्रमा सुपरजोनको कार्यक्षेत्र नै छैन । जिल्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यालय प्रमुख नवराज भण्डारीले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि सुपरजोन कार्यक्रमले यस्तो लक्ष्य राखेको उनको भनाइ छ ।
जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ । भण्डारीले कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको जानकारी दिए । जुम्लालाई स्याउ ब्लक क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव आएकाले निकट भविष्यमै कार्यक्रम लागू हुने उनले बताए । उनले हरेक स्थानीय तहले एक नमूना बगैँचा बनाउन सुझावसमेत दिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले किसान र स्याउ व्यापारीबीचको आपसी समन्वयका आधारमा आगामी दिनमा कार्यक्रमलाई अझै गुणस्तरीय बनाउन सुपरजोनलाई सुझाव दिए । किसानको सक्रियता र सरोकारवालाको तदारुकता तथा ऐक्यबद्धता मात्रै भए स्याउले भरिपूर्ण जुम्ला हुनसक्ने उनको बुझाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: