Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

एक कृषक, जसले तरकारी बेचेरै छोरालाई इन्जिनीयरिङ पढाउँदै

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छोराछोरीको पढाई र घर खर्च चलेको बताए ।

एकचालीस परिवार राना थारुको बसोबास रहेको नयाँ कटानमा ३८ परिवारले आफूसित भएको खेतमा तरकारी फलाएर भीमदत्तनगर बजार, सब्जीमण्डी र स्थानीय बस्तीमा बिक्री वितरण गर्दै आएका छन । गत वर्ष तरकारीबाट रु दुई लाख आम्दानी भएको बताउँदै तुलसीरामले तरकारीबाटै आएको आम्दानीले माइलो छोरा कपिललाई भीमदत्तनगरमा इन्जिनीयरिङ विषय पढाइरहेको बताए । “जेठो छोरा मजदुरीका लागि वैदेशिक रोजगारीमा छ”, उनले भने, “माइलो र कान्छो छोरोको खर्च तरकारी बेचेरै टरेको छ ।”

उनले अहिले काउली, बन्दा, हरियो खुर्सीनी, बैगुन र रायोलगायतका तरकारी फलाएको बताए । “वर्षमा हिउँदे र लहरे गरी दुई पटक तरकारी खेती हुन्छ”, रानाले भने, “विगत वर्षको तुलनामा तरकारीले राम्रो मुल्य पाउँदै गएको छ ।”

विसं २०६१ देखि चार कठ्ठा बारीमा तरकारी खेती गर्दैआएको उनले तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट दुई पटक गरी रु १ लाख २० हजार अनुदान रकमसमेत पाएको बताए । “कृषि कार्यालयको सहयोगले पनि व्यावसायिक खेती गर्न प्रेरणा मिल्यो”, उनले भने, “समयक्रम अनुसार आधुनिक प्रणालीबाट खेती पनि गरिरहेका छौँ ।”

तरकारी जोगाउन खेतमै बास

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका नयाँ कटानका किसानहरुलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन भने सकस छ । निकुञ्जबाट आउने चित्तल, बँदेल र तुम्लीलगायतका वन्यजन्तुले बाली खाएर हैरान गरेको किसानहरुको भनाइ छ ।

त्यसैगरी तीन बिघा जमीन भएका स्थानीय नाथुरामले करिब दश कठ्ठा खेतमा तरकारी फलाएका छन् । विसं २०६३ देखि तरकारी खेती गर्दै आएका नाथुरामले तरकारी जोगाउन हरेक वर्ष समस्या हुने गरेको बताए । “धान काटिसकेपछि मलाई गत भदौ महिनादेखि खेतमै बास बस्नुपर्ने बाध्यता छ”, तरकारी खेतको बीचमा बनाएको झोपडी देखाउँदै उनले भने, “झोपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।”

सो बस्ती क्षेत्रमा करिब सात सय मिटर क्षेत्रमा निकुञ्जको तारजाली नलगाइएका कारण वन्यजन्तु बस्ती पस्ने गरेको उनको भनाइ छ । उनले पनि जेठी छोरीलाई क्याम्पसमा कृषि विषय पढाइरहेको बताए । “रोजगारी पाउन यहाँ गाह्रो छ”, उनले भने, “बेरोजगार बस्नुभन्दा आफ्नै खेतबारीमा मेहनत गर्लान् भनेर कृषि विषय पढाउने निधो गरेँ ।”

निकुञ्जले सो क्षेत्रमा वन्यजन्तु आउन नदिन तारजाली र पक्की पर्खालसमेत बनाउँदै आएको छ । “बीचको भागमा पनि तारजाली बनाइदिएको भए खेती गर्न ढुक्क हुनेथियो”, रानाले भने, “मध्यवर्ती क्षेत्र भएकाले उपभोक्ता समितिमार्फत तारजाली जडान गर्न माग गरेका छौँ ।”

उनले भारतीय तरकारी आयातले यहाँका किसानहरुको उत्पादन खपतमा समय–समयमा समस्या हुने गरेको बताए । “अहिले भारतको तरकारी आयात कम हुँदा किसानले उचित मूल्यमा सहजै तरकारी बिक्री गर्न सकिरहेका छन”, उनले भन्नुभयो, “स्थानीय उत्पादनको खपतमा पनि ध्यान दिनु आवश्यक छ ।”

त्यसैगरी गाउँमा रहेको राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले होमस्टे (घरबास) सञ्चालन गर्ने स्थानीयवासीहरुले पनि तरकारी खेती गरिरहेको बताए । “होमस्टेमा आउने पाहुनाहरुले पनि ताजा तरकारी उपभोग गर्न पाउँछन”, सचिव रानाले भन्नुभयो, “विगतको भन्दा तरकारीको खपत यहाँ बढ्दै गएको छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies