काठमाडौं । बेलायतको आम निर्वाचनबाट सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई ठूलो जित प्राप्त भएको छ । कन्जर्भेटिभले बिहिबार भएको आम निर्वाचनबाट स्पष्ट बहुमत ल्याएको हो ।
बिहिबार संसदको (हाउस अफ कोमन्स)को ६५० सिट लागि मतदान भएको थियो । नतिजामा जोनसनको कन्जर्भेटिभ पार्टीलाई स्पष्ट बहुमत प्राप्त भएको छ । निर्वाचनबाट कन्जर्भेटिभले ३५० सीट प्राप्त गरेको छ । विपक्षी लेबर पार्टीले २०० सीट जितेको छ ।
पछिल्लो पाँच वर्षमा बेलायतमा भएको यो तेस्रो निर्वाचन हो । यसअघि २०१५ र २०१७ मा निर्वाचन भएको थियो । बेलायतको १०० वर्षे इतिहासमा डिसेम्बरमा भएको यो पहिलो निर्वाचन पनि हो ।
एग्जिट पोल्समा पनि कन्जर्भेटिभले जितेका थिए
निर्वाचनको नतिजा नआउँदै विभिन्न सञ्चारमाध्यमले गरेको एग्जिट पोल्सको नजितामा पनि जोनसनको पार्टीले बहुमत ल्याउने देखाइएको थियो । एग्जिट पोल्सको नतिजामा कन्जर्भेटिभले ३६८ सीट जित्ने देखाइएको थियो । विपक्षीलाई १९१ सिट मिल्ने आंकलन गरिएको थियो ।
ब्रेग्जिट मुद्दाकै कारण हार : लेबर पार्टी
निर्वाचनको परिणामप्रति विपक्षी लेबर पार्टीका नेता जेरेमी कार्बिनले निराशा व्यक्त गरेका छन् । उनले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनि अब हुने कुनै पनि निर्वाचनमा पार्टीको तर्फबाट नेतृत्व नगर्ने पनि बताएका छन् । उनले हारको कारण ब्रेग्जिट मुद्दा नै रहेको पनि स्वीकारेका छन् ।
चुनाव अघिको अभियानमा लेबर पार्टीले सत्तामा आएको खण्डमा ब्रेग्जिटमाथि पुनः जनमत संग्रह गराउने बताएको थियो । कार्बिनले २०१६ मा भएको जनमत संग्रहलाई असफल जनमत संग्रह भन्दै टिप्पणी गरिरहेका थिए । कार्बिनले आफ्नो हारलाई स्वीकार गर्दै सामाजिक न्यायको मुद्दालाई दरिलो रुपमा अगाडि बढाउने पनि बताएका छन् ।
३१ जनवरीसम्म ब्रेग्जिट मुद्दा टुग्याउनु पर्ने
यूरोपियन संघले बेलायतलाई संघबाट अलग हुनको लागि आगामी ३१ जनवरीसम्मको समयसिमा दिएको थियो । ईयूले जनवरी ३१ सम्म बेलायको संसदले सम्झौता स्वीकृत गरेमा इयूबाट बेलायत बाहिरिन सक्ने बताएको छ ।
०१६ मा भएको जनमत संग्रहमा ५२ प्रतिशत मानिसले ब्रेग्जिटको समर्थन गर्दै भोट हालेका थिए । ४८ प्रतिशतले मात्रै ईयूबाट बाहिरिनु पर्ने भन्दै भोट हालेका थिए ।
पहिलो कदम ब्रेग्जिट मुद्दा
कन्जर्भेटिभकी नेता एंव बेलायतकी गृहमन्त्री प्रीति पटेलले जीतसँगै सरकारले ब्रेग्जिट मुद्दा टुंग्याउन काम गर्ने बताएका छन् । उनले क्रिसमस अघि नै ब्रेग्जिट मुद्दाले टुंगो लगाउने बताइन् । सञ्चारमाध्यमसँग कुराकानी गर्दै पटेलले भनिन्, ‘जीतपश्चात सरकारले सबैभन्दा पहिलो काम ब्रेग्जिट मुद्दाबारे टुंगो लगाउने छ । क्रिसमस अघि नै टुंग्याउने गरि हामीले योजना बनाएका छौं ।’
(एजेन्सीको सहयोगमा)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: