काठमाडौं । ज्योतिष विज्ञानले अशुभ ग्रहबाट बच्नको लागि विभिन्न मार्गहरु प्रशस्त गरेको छ । शान्ति हवन तथा दान गर्न, विभिन्न खालका रत्न धारण गर्न, रुद्राक्षको धारण गर्न लगायत विभिन्न विकल्प सुझाएको छ । विभिन्न शास्त्रहरुमा रुद्राक्षलाई अति पवित्र र ग्रह दोषबाट मुक्त हुने अमुल्य रत्नको रुपमा पनि वर्णन गरिएको छ ।
ग्रह गोचरअनुसार रुद्राक्षको धारण गर्दा लाभदायक हुने बताइएको छ । रुद्राक्षको धारणा गर्दा विभिन्न जटिल समस्याबाट पनि मुक्ति पाइने उल्लेख छ । जानौं कुन ग्रहका लागि कुन रुद्राक्ष धारण गर्दा उपयुक्त हुन्छ ?
१. सुर्य : सूर्यको लागि एकमुखे रुद्राक्ष धारणा गर्नु लाभदायक हुन्छ ।
२. चन्द्र : चन्द्र दोषबाट मुक्ति पाउन दुईमुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ।
३. मंगल : मंगलको लागि तीनमुखे रुद्राक्ष अथवा एघारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ ।
४. बुध : बुधको लागि चारमुखे रुद्राक्ष धारण गर्न उपयुक्त मानिन्छ ।
५. गुरु : गुरुको लागि पाँचमुखे या दसमुखे रुद्राक्ष धारण गर्नुपर्ने उल्लेख छ ।
६. शुक्र : शुक्रको लागि छमुखे अथवा तेह्रमुखे रुद्राक्ष धारणा गर्नुपर्ने बताइएको छ ।
७. शनि : शनिको लागि सातमुखे या चौधमुखे रुद्राक्ष धारण गर्नुपर्ने हुन्छ ।
८. राहु : राहुको लागि आठमुखे रुद्राक्ष धारण गर्नु लाभदायक मानिन्छ ।
९. केतु : केतुको लागि नौमुखे रुद्राक्ष धारण गर्नुपर्ने बताइएको छ ।
कस्तो योगमा कुन रुद्राक्ष धारण गर्ने ?
१. कालसर्प दोष : आठ एंव नौ मुखे रुद्राक्ष कालो धागोमा राखेर बुधबार या शनिबार धारण गर्ने ।
२. शकट योग : दुई या दशमुखे रुद्राक्ष सेतो या पहेँलो धागोमा राखेर सोमबार या बिहिबार धारण गर्ने ।
३. केमद्रुम योग : दुईमुखे रुद्राक्ष सेतो धागोमा सोमबार धारण गर्ने ।
४. ग्रहण योग : सूर्यको प्रभावबाट बन्ने ग्रहण योगको लागि एक, आठ या नौ मुखे रुद्राक्ष रातो धागोमा उनेर आइतबार धारण गर्नुपर्दछ । चन्द्रग्रहणबाट हुने प्रभावबाट जोगिन दुई, आठ या नौ मुखे रुद्राक्ष सेतो धागोमा बनाएर सोमबार धारण गर्नुपर्दछ ।
५. मंगलको दोषबाट मुक्ति पाउन एघार मुखे रुद्राक्ष रातो धागोमा उनेर मंगलबार धारण गर्नुपर्दछ ।
रुद्राक्ष कसरी धारण गर्ने ?
रुद्राक्ष पहिरिनुपूर्व केहि प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । यदि प्रक्रिया पुरा नगरे रुद्राक्ष पहिरिएको कारण फल प्राप्त हुँदैन् । उल्टै नोक्सान गर्दछ ।
सर्वप्रथम रुद्राक्ष पहिरिनु अगाडि रुद्राक्षको जलबाट अभिषेक गर्नु । तत्पश्चात पंचामृतबाट अभिषेक गरि पुनः शुद्ध जलले स्नान गरि शुद्ध हुनुपर्छ । त्यसपश्चात रुद्राक्षको पंचोपचार पूजा गरि शिवलिंगलाई अर्पण गरि धारण गर्नुपर्दछ । (विभिन्न धार्मिक पुस्तकहरुको सहयोगबाट)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: