Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

अनुमति बिना भीर माहुरीको मह काढ्न नपाइने

खोटाङ । केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो ।

गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर माहुरीको मह स्थानी केही व्यक्तिको समूहले मनपरी तरिकाले काढेर निकासी गर्न थालेपछि गाउँ कार्यपालिकाको बैठक बसेर नियन्त्रण गर्दै संरक्षण गर्ने अभियान शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

“सामुदायिक र सार्वजनिकस्थलमा हुने भिर माहुरीको महबाट निश्चित व्यक्तिले मात्र फाइदा लिने र लापरवाही गरेर मह काढ्दा माहुरी नै लोप हुने अवस्था आएको छ”, उनले भने, “अनुमति लिएर माहुरी काढ्दा संरक्षणमा समेत सहयोग पुग्ने भएकाले मिति तोकेर भिर माहुरीको मह काढ्ने व्यवस्था गरिएको हो ।”

गाउँपालिकाले गरेको निर्णयअनुसार मङ्सिर १५ देखि २५ गतेभित्र र जेठ १५ देखि २५ गतेभित्र भीर माहुरीको मह काढ्ने मिति तोकिएको छ । तोकिएको मितिमा माहुरी नमर्ने गरी मह काढ्न सबैलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले गरेको निर्णयअनुसार आगामी दिनमा मह काढ्ने व्यक्ति तथा समूहले सम्बन्धित वडालाई खबर गर्नुपर्छ अनि वडाले गाउँपालिकालाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । “भीर माहुरी र मह काढेको हेर्न इच्छुकका लागि गाउँपालिकाले प्रचारप्रसारसमेत गर्नेछ”, गाउँपालिका प्रमुख राईले भने, “यसले गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकाको बाक्सिला, फेदी, दिप्सुङ र सुङ्देलका ठूला भीरहरुमा लामो समयदेखि भीर माहुरी बस्ने गरेको छ । वर्षमा दुई पटक मङ्सिर र जेठमा काढ्न मिल्ने भीर माहुरीको मह सो क्षेत्रबाट वार्षिक रुपमा लाखौँ मूल्य बराबरको निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् ।

परम्परागत प्रविधि अपनाएर काढ्दै आएको भीर माहुरीको मह यस वर्षबाट आधुनिक प्रविधि अपनाएर काढ्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ । मह काढ्ने मुख्य व्यक्तिले सुरक्षा पेटी (बेल्ट)समेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गर्ने हुँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले आगामी दिनमा सुरक्षा बेल्ट तथा प्यारासुट (डोरी)को व्यवस्था गाउँपालिकाले मिलाउने जनाइएको छ ।

उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्रमा पर्ने सो गाउँपालिका भीर माहुरीको मह उत्पादनका लागि प्रचुर सम्भावना भएको क्षेत्रमा पर्दछ । गाउँपालिकामा उत्पादन हुने महलाई व्यवस्थित तरिकाले निकाल्ने र प्रशोधन गरेर अन्यत्र निर्यात गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन हुने भीर माहुरीको महबाहिर निर्यात गर्दा वडा र गाउँपालिकाको राजश्व सङ्कलनमा समेत सहयोग पुग्ने देखिन्छ । उक्त चार वडालाई आगामी वर्ष भिर माहुरीको पकेट क्षेत्र घेषणा गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

केपिलासगढी गाउँपालिका प्राकृतिक स्रोत र साधनले भरिपूर्ण गाउँपालिकाले भएकाले प्राकृतिक पर्यटनका रुपमा विकास गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य राजन राईले बताए। “यो गाउँपालिकामा भीर माहुरी, असला माछा, रेड पान्डालगायत लोपोन्मुख जीवजन्तुसमेत प्रत्यक्ष हेर्न पाइन्छ”, स्थानीयवासीसमेत रहेका सदस्य राईले भने, “यसलाई प्रवद्र्धन गर्दै प्राकृतिक पर्यटनका रुपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको छु ।”

प्रदेशसभा सदस्य राईले आफ्नो चुनावी घोषणापत्रमा समेत उक्त क्षेत्रलाई प्राकृतिक पर्यटन विकासका रुपमा विकास गर्ने उल्लेख गरेका थिए । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका राईले आफ्नो क्षेत्रमा रहेको प्राकृतिक स्रोत र साधनलाई संरक्षण गर्न स्थानीयवासीलाई समेत अनुरोध गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending