एजेन्सी । मतदान जारी रहँदा मतदान केन्द्रहरूमा लामो लाइन लागेको छ । प्रजातन्त्र समर्थक विरोध समूहहरूले चीनको अर्ध स्वायत्त क्षेत्र हङकङमा मानिसहरूलाई आइतवारको स्थानीय चुनाव नबिथोल्न आग्रह गरेका छन्।
पाँच महिना लामो राजनीतिक अस्थिरतापछि हुन लागेको चुनावले बेइजिङस्थित सरकारलाई सन्देश दिने उनीहरूले आशा राखेका छन्।
अधिकारीहरूले मतदान केन्द्रहरूमा गम्भीर समस्या उत्पन्न भयो भने मतदान स्थगित गर्ने धम्की दिएका छन्।
हङकङको जिल्ला परिषद्मा ४०० भन्दा बढी पार्षद्हरू चुनिनेछन्।
प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका छन्।
परिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दैआएको छ।
एकजना प्रमुख प्रजातन्त्रवादी नेता जोशुवा वङलाई चुनावमा उठ्न रोक लगाइएको थियो
बेइजिङ समर्थक उम्मेदवारहरूले प्रदर्शनकारी र प्रहरीबीच भइरहेको झडपहरूबाट उत्पन्न आरोह अवरोहप्रति निराशा प्रकट गर्न आफूलाई समर्थन गर्न भनेका छन्।
के हुँदैछ ?
स्थानीय समय अनुसार ७स्३० बजे मतदान केन्द्र खुलेका छन्। अहिलेसम्मकै सर्वाधिक ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका छन्। हङकङको जनसङ्ख्या ७४ लाख छ।
४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन्। र पहिलोपटक सबै पदहरूमा चुनाव हुँदैछ। ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको छ।
हाल बेइजिङ समर्थकहरूले उक्त निकायको बहुमत सीट ओगटेका छन्।
यी चुनाव किन महत्त्वपूर्ण छन् ?
जिल्ला पार्षद्हरूसँग निकै कम शक्ति हुन्छ त्यसले चुनाव पनि असाध्यै स्थानीय तवरको हुने गर्छ।
तर यसपाली यो चुनाव फरक हुने देखिन्छ। जुन महिनामा सरकार विरोधी प्रदर्शन सुरु भएयता पहिलोपटक यस्तो चुनाव हुँदैछ। त्यसैले यसले वर्तमान सरकारसँग कति समर्थन छ भन्ने परीक्षण गर्नेछ।
१००० भन्दा धेरै उम्मेदवार छन् ।हङकङ ब्यापटिष्ट विश्वविद्यालयका सह प्राध्यापक केनेथ चानले रोयटर्स समाचारसंस्थालाई भने, ूहङकङका बासिन्दाले आफ्नो विचार व्यक्त गर्ने माध्यमका रूपमा यसलाई हेरेका छन् र त्यसले क्यारी ल्यामको सरकारबारे पनि मतदाताहरूको धारणा स्पष्ट पार्नेछ।ू
हङकङको चुनाव प्रणाली बमोजिम ११७ जिल्ला पार्षद्हरू १२०० सदस्यीय समितिको सदस्य बन्नेछन् जसले अन्ततस् प्रमुख कार्यकारी चयन गर्नेछ।
त्यसैले प्रजातन्त्रवादीहरूको ठूलो जित भयो भने शहरको प्रमुख कार्यकारी को बन्ने भन्नेमा उनीहरूको पनि हात हुनेछ।
को को उठेका छन् ?
केही प्रख्यात व्यक्तिहरू पनि चुनावमा उठेका छन्।
बेइजिङ समर्थक सांसद जुनियस हो - जो शहरका एक अति विवादास्पद राजनीतिकर्मी हुन् - पनि एक उम्मेदवार हुन्।
समर्थकको भेषमा आएका एक व्यक्तिले यसै महिनाको सुरूमा उनलाई धारिलो हतियार प्रहार गरेका थिए।
उनले हालै आलोचना खेपिरहेको हङकङको प्रहरीको समर्थनमा पटक पटक आफ्नो धारणा सार्वजनिक गरेका छन्।
एकजना राजनीतिक अभियानकर्मी जिम्मी शाम पहिलो पटक चुनाव लड्दै छन्।
उनले नागरिक मानव अधिकार मञ्चका प्रमुख नेताका रूपमा छवि बनाएका छन् जसले केही सार्वजनिक विरोध प्रदर्शन आयोजना गरेको थियो।
शाममाथि दुईपटक आक्रमण भएको थियो, उनीमाथि घनले प्रहार गरिएको थियो। फोटोग्राफरहरूले उनी रगतमा लतपत भएर सडकमा लडेको देखाएका थिए।
यो चुनावमा नलडेका अनुहारहरू पनि उल्लेखनीय छन्।
प्रजातन्त्रवादी अभियानकर्मी जोशुवा वङलाई चुनावमा उम्मेदवार बन्न रोक लगाइएको थियो जसलाई उनले ूराजनीतिक भेदभावू भनेका थिए। बीबीसी नेपालीबाट
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: