Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

खबरडबली संवाददाता

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ।

धनकुटाको चर्चित पर्यटकीय क्षेत्र भेडेटारको साँगुरीगढी गाउँपालिका–६मा रहेको कित्ता नम्बर १६७ को १९ रोपनी १५ आना जग्गा जुनु लिम्बूसँग किनेका हुन्। चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङको नाममा चैत ११ गतेनै जग्गा पास भएको देखिन्छ।

मालपोत कार्यालय धनकुटाका अनुसार जग्गा खरिदका क्रममा गुरुङ स्वयं उपस्थित नभई वारेसनामामार्फत प्रतिनिधि पठाइएको थियो। उनले उक्त जग्गा आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेपनि मूल्य भने खुलाएका छैनन्।

स्थानीयका अनुसार भेडेटार आसपास सडक छेउको जग्गा प्रतिआना ५ लाख र भित्री जग्गाको मूल्य प्रतिआना २ लाखसम्म पर्ने बताइन्छ। यस आधारमा उक्त जग्गाको मूल्य १ करोड रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।

तर, जग्गा पास गर्दा भने केवल ६ लाख ९० हजार रुपैयाँ मूल्यांकन गरी राजस्व तिरेको देखिएको छ। वडा कार्यालयले ‘बाटो नभएको’ सिफारिस दिएपछि न्यूनतम मूल्यांकनमा पास गरिएको बताइएको छ। कार्यालय प्रमुख कमलबहादुर थापा का अनुसार सरकारी मूल्यांकन र स्थानीय बजार मूल्य फरक हुने भएकाले यस्तो अन्तर देखिएको हो।

गुरुङले वास्तविक खरिद मूल्य कति हो र स्रोत के हो भन्ने अझै खुल्न सकेको छैन। यसअघि पनि उनले ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको तथा विवादित व्यवसायी दीपक भट्ट संलग्न लघुवित्त कम्पनीमा संस्थापक सेयर रहेको विषय सार्वजनिक भइसकेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् : गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारको विषयमा चौतर्फी आलोचना भएपछि उनले प्रधानमन्त्...

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहने

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन्। प्रधानम...

गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (...

सागको मुठामा भेटियो लागुऔषध ब्राउनसुगर

दमक। झापामा लागुऔषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेको पाइएको छ । लागुऔषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछी प्रह...

जनकपुरधामबाट तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending