Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

उपनिर्वाचन : आदर्श गाउँपालिकामा नेकपा र काँग्रेसको प्रतिस्पर्धा

डोटी । जिल्लाको आदर्श गाउँपालिकामा चुनावी माहोल तातेसँगै नेता–कार्यकर्तालाई भोट माग्न भ्याईनभ्याई हुन थालेको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा गाउँपालिका–२ मा चुनावी चहलपहल बढ्न थालेको हो ।

गत वर्ष तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जिप दुर्घटनामा मृत्यु भएपछि अहिले वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसबाट महादेव साउद र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दिवंगत बोहरा नेकपाका थिए ।

सबै उम्मेदवारले जनताको विकासमा समर्पित हुने प्रतिबद्धता गर्दै आएका छन् । भोट माग्नका लागि अहिले उम्मेदवार किसानका खेतबारी तथा घर–घरमा पुग्न थालेका छन् । निर्वाचनमा मुख्यगरी नेकपाका उम्मेदवार बोहरा र काङ्ग्रेसका उम्मेदवार साउदबीच बढी प्रतिस्पर्धा बढी देखिएको छ ।

स्थानीय हरि खड्काले भन्नुभयो, “भोट माग्न सबै उम्मेदवार आए पनि नेकपा र काङ्ग्रेस उम्मेदवारबीच बढी प्रतिस्पर्धा हुने देखिन्छ, आफ्ना नेता जिताउन ती पार्टीका जिल्लादेखि केन्द्रीय स्तरसम्मका नेता भोट माग्न व्यस्त छन् ।”

वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवारले यतिबेला मतदाता रिझाउन घरदैलो कार्यक्रममा जोड दिएका छन् । उम्मेदवारले गाउँमा भएको खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विषेश पहल गर्ने भन्दै स्थानीयवासीलाई रिझाउन थालेको बाझककानीका स्थानीयवासी दीपकबहादुर खड्काले बताए । उनले भने, “उम्मेदवारहरु स्थानीयवासीका लागि विकास गर्ने भन्दै भोट माग्न गाउँ–गाउँ छिर्न थालेका छन्, पार्टीभन्दा पनि हामी वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।”

नेताहरु गाउँमा आएपछि अहिले आदर्श गाउँपालिकामा चुनावको निकै सारगर्मी बढेको स्थानीयवासी बताउँछन् । यति मात्र नभई उम्मेदवार खेतमा काम गरिरहेका किसानका खेतबारीमै पुगेर भोट माग्न थालेको अर्का स्थानीयवासी टेकबहादुर खड्काले बताए । वडामा कूल दुई हजार ५०० मतादाता छन् ।

मतदातालाई आ–आफ्ना उम्मेदवारका पक्षमा मत माग्न नेकपा र काङ्ग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतासमेत लागिपरेका छन् ।

“उक्त वडाको निर्वाचनमा हाम्रो विजय सुनिश्चित छ, हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छौँ”, नेकपाका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले भने, “सबैले ढुक्क भए हुन्छ, यो निर्वाचन हामी जित्छौँ ।”

काङ्ग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले आफ्नो पार्टीले भारी मतले जित्ने उल्लेख गर्दै भने, “जनता काङ्ग्रेसको पक्षमा छन्, यसपालिको चुनाव हामी भारी मतले जित्छौँ ।”

स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार भएका खड्काले जनतालाई ठूलो सपना देखाएर भोट माग्ने तर सरकारमा गइसकेपछि गाउँ फर्केर कहिल्यै नआउने नेतासँग समयमै सचेत रहन आग्रह गर्दै आएका छन् ।

उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका अन्य प्रहरी चौकी तथा सुदूरपश्चिम प्रदेश प्रहरी गुल्मबाट थप सुरक्षाकर्मी झिकाइ उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि सशस्त्र प्रहरी बलको दिपायलमा रहेको ३६ नम्बर गणबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिए । उपनिर्वाचनका लागि सो गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending