डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् । उनी आफूलाई निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्छिन् । एआरटी सेवन गर्न छाडेपछि उनलाई अन्य रोगहरुले सङ्क्रमण गर्न थालेको छ ।
धनसराजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्ने गर्छन् । “स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्”, सङ्क्रमित कमला मल्लले भने, “एक सङ्क्रमित महिलाले २४ महिनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।” औषधि सेवन नगरेकै कारण ती महिलाको छिट्टै मृत्यु हुने कमलाको दाबी छ ।
विसं २०६२ मा पहिलोपटक आफू एचआइभी सङ्क्रमित भएको भन्दै खुलेकी कमला मल्लले भने, “कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।”
पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा गिरीष अवस्थी बताउछन् । “लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने एचआइभी सङ्क्रमितमा मानसिकता रहेको पाइयो”, डा अवस्थीले भने, “लगातार औषधिको सेवन गर्न झण्झट मान्ने रहेछन् ।” जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीडेन्टेन्ट डा भुषण मिश्रले सङ्क्रमितलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बीचमै औषधि सेवन गर्न छाड्ने बताए। “लगातार औषधि खाँदा ‘साइड इफेक्ट’ हुन्छ भन्ने बुझाइ एचआइभी सङ्क्रमितमा रहेको छ”, डा मिश्र भन्छन्, “तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।” डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कविहीन रहेको जिल्ला अस्पतालका एआरटी शाखाका प्राविधिक कमल रेग्मीले बताए ।
जिल्ला अस्पताल डोटीबाट एआरटी सेवन गरिरहेका कूल ७६४ सङ्क्रमितमध्ये हालसम्म १५१ को मृत्यु भइसकेको रेग्मीले जानकारी दिए । उनका अनुसार ६० जनालाई जिल्ला बाहिर सिफारिस गरिएको छ । जिल्लामा रहेका अधिकांश स्थानीयवासी कामका लागि भारत जाने तथा त्यहाँ उनीहरुले गर्ने असुरक्षित यौन सम्पर्कका कारण जिल्लामा एचआइभी बढ्न थालेको छ । एचआइभी सङ्क्रमितबाट जन्मेका अधिकांश बालबालिकामा समेत एआइभी देखिएको जिल्ला अस्पताल डोटीको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समय जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको जिल्लामा एचआइभीको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको दाबी छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: