काठमाडौं । भारतीय सरकारले नयाँ नक्सा सार्वजनिक गर्दै नेपाली भूमी लिम्पियाधूरा, लिपूलेक र कालापानीलाई आफ्नो नक्सामा गाभेको प्रति नेपाली कलाकारहरुले विरोध जनाएका छन् । सामाजिक अभियन्ता एंव कलाकारहरुको समुहले भारतीय शैलीको विरोधमा ‘सिमानामा हाम्रो माटो मिच्न नखोज’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको गीतमा चर्चित गायक यम बराल र रितु गुरागाईँको स्वर रहेको छ । वीइ स्टार नेपाल नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दर्जनभन्दा बढि चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
ज्ञानेन्द्र गढालको शब्दमा उनिएको गीतमा चेतन सापकोटाको भरेका संगीत छन् । गीतको भिडियो पनि गायक तथा संगीतकार चेतन सापकोटाले नै निर्माण गरेका छन् । गीतमा चेतन सापकोटा, युवराज वाईवा, प्रेम कुमार राई, पवित्रा गुरुङ्ग र लक्ष्मी स्यात्याङको सामुहिक स्वर पनि रहेको छ ।
गीतको भिडियोमा कलाकार निर शाह, भुवन चन्द, बसुन्धरा भुसाल, कोमल वली, सम्भूजीत बास्कोटा, प्रेम राजा महत, अर्जुन जंग शाही, दिपकराज गिरी, दिपाश्री निरौला लगायतका कालाकारहरुले अभिनय गरेका छन् ।
यस्तो छ गीतको भिडियो
प्रतिकृया लेख्नुहोस्: