सिमकोट । जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।
जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनको मौन समय मङ्सिर ११ गते राति ७ बजेदेखि शुरु हुन्छ । सो समयमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए ।
उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले पालिकामा प्रवेश गर्न निषेध गरिएको उहाँले जानकारी दिए । निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण गर्न समेत रोक लगाएको छ ।
पालिकाभित्रका व्यक्तिले कानूनीरुपमा अनुमति प्राप्त गरी आफ्ना नाममा राखेका हात हतियारलाई निर्वाचन अवधिभरि जिल्ला प्रशासन कार्यालयमा बुझाउने, निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरुपमा कर्मचारी, राजनीतिक दलले कार्यान्वयन गर्ने, निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा कानूनी कारवाही गरिने, चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचनको मौन अवधिभर मतदाता र निर्वाचन आयोगबाट जारी भएको पास भएका व्यक्तिबाहेक अन्यको आवागमनलाई कडाइका साथ निगरानी गरिनेलगायतका निर्णय गरिएको जिल्ला सुरक्षा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए ।
उपनिर्वाचनको मौन अवधिमा खार्पुनाथ गाउँपालिकामा आवतजावतलाई कडाइ गर्ने निर्णयसंगै अन्य गाउँपालिकाका नागरिकलाई समस्या हुने भएको छ । तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकाको आवतजावत गर्ने मुख्य बाटो सोही गाउँपालिका भएर जाने भएकाले उनीहरुलाई समस्या पर्ने भएको हो ।
सदरमुकाम सिमकोट पुग्न दक्षिण क्षेत्रका चार वटा गाउँपालिकासहित मुगु, जुम्ला बाजुरा जाने मुख्य बाटो नै खार्पुनाथ गाउँपालिका भएर जाने भएकाले यो निर्णयले जिल्लाका अन्य नागरिकलाई सदरमुकाम आवतजावत गर्न कठिनाइ हुने भएकाले यसतर्फ स्थानीय प्रशासन गम्भीर हुनुपर्ने माग स्थानीयवासीको छ ।
मतदान केन्द्रको ३०० मिटर दूरीको नजिकमा अन्य नागरिकले प्रवेश गर्न नपाउने निर्वाचन आचारसंहितमा भए तापनि पालिकामा नै प्रवेश गर्ने निर्णय गर्दा नागरिकलाई समस्या हुने देखिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: