डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् । उक्त वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको गएको वर्ष जीप दुर्घटनामा परी निधन भएपछि वडाध्यक्ष पदका लागि अहिले उपनिर्वाचन हुनलागेको हो ।
जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्ययस्थालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्लाका अन्य प्रहरीचौकी तथा सुदूरपश्चिम प्रदेश गुल्मबाट थप सुरक्षाकर्मी झिकाई उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।
त्यसैगरी निर्वाचनका लागि सशस्त्र प्रहरी बलको ३६ नम्बर गण दिपायलबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपती तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कूल २०० जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
उपनिर्वाचनका लागि सो गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए। अहिले उक्त वडामा चुनावी तापमान निकै बढेको छ । आफ्ना उम्मेदवारका लागि राजनीतिक दलका नेता भोट माग्न गाउँमा छिरेका छन् । वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवारले यतिबेला मतदाता रिझाउन घरदैलोमा जोड दिएका छन् ।
उम्मेदवारले गाउँमा भएको खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विशेष पहल गर्ने भन्दै स्थानीयलाई रिझाउन थालेको बाझककानीका स्थानीय दीपकबहादुर खड्काले बताए । उनले भने, “उम्मेदवार विकास गर्ने भन्दै भोट माग्न गाउँ गाउँ छिर्न थालेका छन्, पार्टीभन्दा पनि हामी वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।”
वडाध्यक्ष पदका लागि स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उम्मेदवारी दिएको छ भने नेपाली काँग्रेसबाट महादेव साउद, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट रामबहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् । सबै उम्मेदवारले जनताको विकास गर्न कुनै हातलमा पछि नपर्ने दाबी गर्दै आएका छन् । भोट माग्नका लागि उम्मेदवार अहिले किसानका खेतबारी तथा घरघरमा पुग्न थालेको अर्का स्थानीय गोविन्द खड्काले बताए ।
निर्वाचनमा मुख्यतया नेकपाका उम्मेदवार बोहरा र काँग्रेस उम्मेदवार साउदबीच प्रतिस्पर्धा देखिन्छ । मतदातालाई आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न नेकपा र काँग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतासमेत भोट माग्न लागि परेका छन् । नेताहरु गाउँमा आएपछि अहिले आदर्श गाउँपालिकामा चुनावको वातावरण निकै बढेको स्थानीयवासी बताउँछन् । यतिमात्र नभई उम्मेदवार खेतमा काम गरिरहेका किसानका खेतबारीमै पुगेर भोट माग्न थालेको अर्का स्थानीय टेकबहादुर खड्काले बताए। उनले भने, “भोट माग्न नेता खेतबारीमै पुग्न थालेका छन्, नेताहरुसँग कुरा गर्दैमा दिन बित्न थालेको छ ।” अन्य दलका नेताहरुभन्दा पनि नेकपा र काँग्रेस नेताहरु बढीजसो भोट माग्न गाउँ पसेको स्थानीयवासीको भनाइ छ । उक्त वडामा कूल दुई हजार ५०० मतादाता रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: