काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघले संगठनमा आवद्ध नेता तथा कार्यकर्ता अनिवार्य स्वरोजगार हुनुपर्ने अवधारणा अगाडि सारेको छ । युवा संघले संगठनमा आवद्ध हुने प्रत्येक नेता तथा कार्यकर्ता ३ महिनाभित्र नै स्वरोजगार भईसक्नुपर्ने नियम बनाएको हो ।
राष्ट्रिय युवा संघको गत आईतबार काठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय भेलाले नेता तथा कार्यकर्ता बेरोजगार बस्न नपाईने निर्णय गरेको छ । “उत्पादन, स्वरोजगार तथा रोजगार कार्यक्रमअन्तर्गत संगठनको सक्रिया तथा साधारण सदस्य र इकाई कमिटिका सदस्यहरुबाहेक संगठनका प्रत्येक नेता कार्यकर्ता ३ महिनाभन्दा बढी बेरोजगार बस्न पाउने छैन्”, गत आइतबार सम्पन्न राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ, “संगठनको सदस्य भएको ३ महिनाभित्र स्वरोजगार भईसक्नुपर्नेछ ।”
राष्ट्रिय युवा संघले संगठनमा आवद्ध प्रत्येक नेता तथा कार्यकर्ताले अनिवार्य कृषि उत्पादनमा पनि सहभागि हुनुपर्ने नियम बनाएको छ । युवा संघले गरेको निर्णयमा भाडामा बस्ने नेता तथा कार्यकर्ताले समेत भाडाको घरमा करेसाबारी लगाउनुपर्ने उल्लेख छ ।
१ वर्षभित्र ५ लाख सदस्य बनाउने
युवा संघले आगामी वर्षभित्र संगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने निर्णय गरेको छ । संघले आगामी वर्षभित्रै संगठनको सदस्य संख्या न्यूनतम ५ लाख बनाइने लक्ष्य लिएको छ । संघको राष्ट्रिय भेलाले जिल्लाअनुसार ‘क’ वर्गको जिल्लाले १२ हजार, ‘ख’ वर्गको जिल्लाले ८ हजार र ‘ग’ वर्गको जिल्लाले २५ सय सदस्य अनिवार्य बनाउनुपर्ने निर्णय गरेको छ ।
युवा संघले राजनीतिमा महिलाहरुको आवद्धता कमजोर भएको भन्दै महिलालाई आवद्ध गराउन विशेष प्राथमिकता दिइने पनि जनाएको छ ।
एक वर्षभित्रै राष्ट्रिय सम्मेलन गर्ने
राष्ट्रिय युवा संघले राष्ट्रिय भेला सम्पन्न भएको एक वर्षभित्र अर्थात आगामी मंसिरभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने लक्ष्य लिएको छ । संघले एक वर्ष सबै तहका अधिवेशन सम्पन्न गर्दै मंसिरभित्रै राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य लिएको हो । संघले संगठन सञ्चालन पद्धति लेनिनवादी ढाँचाबाट गर्ने पनि निर्णय लिएको छ ।
प्रत्येक कमिटिले एक/एक वटा विकास निर्माणका काम गर्नुपर्ने
युवा संघका प्रत्येक कमिमिटले अनिवार्य एक/एक वटा विकासका काम गर्नुपर्ने निर्णय गरेको छ । संघले सामाजिक उत्तरदायित्व र जनसेवा अन्तर्गत यो वर्ष १० किमि सडक निर्माणको जिम्मा पनि लिने निर्णय गरेको छ । विकास निर्माणको कामको लागि प्रत्येक नेता तथा कार्यकर्ताले महिनामा अनिवार्य १ दिन श्रमकार्य गर्नुपर्ने जनाएको छ ।
त्यसैगरि संघले आर्थिक पारदर्शिताको लागि प्रत्येक नेता तथा कार्यकर्ताले सम्पत्ति विवरण बुझाउनु पर्ने नियम पनि बनाएको छ । जिल्ला समितिभन्दा माथिका प्रत्येक नेता तथा कार्यकर्ताले प्रत्येक वर्ष सम्पत्ति विवरण बुझाउनु पर्ने जनाइएको छ । त्यसैगरि राष्ट्रिय युवासंघले मनपरी चन्दा असुल गर्न पनि आफु मातहतका कमिटिलाई बन्देज लगाएको छ । युवासंघले प्रत्येक ६÷६ महिनामा ५ रुपैयाँ अभियान चलाउने बाहेक अन्य सहयोग नलिने घोषणा गरेको छ ।
यस्तो छ राष्ट्रिय युवासंघको गत आइतबार सम्पन्न भेलाले गरेका निर्णयहरु
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: