काठमाडौं । अनुभवी खेलाडी शरद भेषवाकरले राम्रो ब्याटिङ गर्दै ८९ रन बनाएपछि नेपालले क्रिकेटमा हङ्कङमाथि ४० रनको जित हासिल गरेको छ।
बाङ्ग्लादेशमा भइरहेको एसीसी इमर्जिङ टीम्स एशिया कप अन्तर्गतको दोस्रो खेलमा विजयी भएपछि नेपालको सेमीफाइनलमा पुग्ने आशा कायम छ।
शनिवार पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा २१७ रन बनाएको थियो। हङ्कङले ४५.५ ओभरमा १७७ रन मात्रै बनायो र प्रतियोगिताबाट बाहिरियो।
सोमवार नेपालले बलियो देखिएको आयोजक बाङ्ग्लादेशलाई हराए सेमीफाइनलमा पुग्ने सम्भावना रहनेछ।
भेषवाकरको फर्म
हङ्कङले टस जितेर नेपाललाई ब्याटिङ गर्न लगाएको थियो। कप्तान ज्ञानेन्द्र मल्ल बिहीवार भारतसँगझै खेलको दोस्रो बलमा नै आउट भए।
अर्का ओपनर कुशल भुर्तेल पनि तुरुन्तै आउट भएपछि नेपाल सङ्कटमा परेको थियो।
तर भेषवाकर, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आशिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गरे।
ऐरीले ६७ बलमा ३७ रन र शेखले ४८ बलमा तीन छक्का सहित ४२ रन बनाए।
अन्तिम ओभरसम्म टिकेका भेषवाकरले भने १३९ बल खेल्दै नौ चौकाको सहायताले ८९ रन बनाए।
उनले भारतसँगको पहिलो खेलमा पनि ४४ रन बनाएका थिए।
नेपालको तल्लोक्रमका खेलाडीले आक्रामक ब्याटिङ गर्न सकेका भए नेपालको स्कोर अझ राम्रो हुन्थ्यो तर विनोद भण्डारी (१५ रन)बाहेक अन्य कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
हङ्कङका तर्फबाट आइजाज खानले तीन एवम् नासरुल्ला राना र अहसान नवाजले दुईरदुई विकेट लिएका थिए।
हङ्कङको कमजोर ब्याटिङ
करण केसी र अविनाश बोहोराले सुरुमै प्रभावकारी बलिङ गरेपछि हङ्कङ समस्यामा पर्यो।
बोहोराले तीन र केसीले दुई विकेट लिँदा हङ्कङले १२ ओभरमा पचास रन नबनाउँदै पाँच खेलाडी गुमायो।
तर किन्चित शाह र हरुन अर्सादले मिलेर ६२ रन बनाउँदै हङ्कङलाई खेलमा फर्काउने प्रयास गरे।
अर्साद २६ रनमा रहँदा केसीको तेस्रो विकेटका रूपमा आउट भए भने ८० बलमा ५३ रन बनाएका शाहलाई सुसन भारीले आउट गरे।
अन्तिम विकेटका लागि ४२ रन नबनेको भए नेपालको जित अझ सहज देखिने थियो। तर एहसान नवाजले ५३ बलमा ४४ नटआउट बनाउँदै खेललाई तन्काए।
अन्य खेलका नतिजा
नेपाल रहेको समूह बीमा भने भारतलाई बाङ्ग्लादेशले छ विकेटले हराएको छ।
भारतले दिएको २४७ रनको लक्ष्यलाई आयोजकले ४२.१ ओभरमा चार विकेट गुमाएर प्राप्त गरेको हो।
समूह ुएुमा भने बिहीवार श्रीलङ्कालाई हराएर अविश्वनीय नतिजा निकालेको ओमानलाई अफगानिस्तानले नौ विकेटले हराएको छ।
ओमानले ४४ ओभरमा १५३ रन बनाएकोमा अफगानिस्तानले त्यो लक्ष्य ३०.५ ओभरमै एक विकेट गुमाएर पुरा गरेको हो।
तर श्रीलङ्का भने लगातार दोस्रो खेल हारेर प्रतियोगिताबाटै बाहिरिएको छ।
शनिवार पाकिस्तानले श्रीलङ्कालाई ३०.४ ओभरमा ९३ रनमा आउट गर्दै ९० रनले हरायो र सेमीफाइलन पुग्ने पहिलो टोली बन्यो।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: