वीरगञ्ज । प्रदेश नं २ मा निर्वाचन आयोगले निर्वाचन कार्यालय स्थापना गरेपछि उपनिर्वाचनको माहौल बन्दै गएको छ ।
प्रदेश नं २ मा रहेको आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लामा रहेका जनप्रतिनिधिको पद रिक्त भएपछि निर्वाचन आयोगले मङ्सिर १४ गते उपनिर्वाचन गर्न लागेको हो ।
अन्य प्रदेशभन्दा प्रदेश नं २ को स्थानीय तहमा सबभन्दा बढी स्थान रिक्त भएका छन् यहाँ गाउँपालिकाको अध्यक्ष एक र वडाध्यक्ष नौ वटा पदमा उपनिर्वाचन हुन लागेको सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
प्रदेश नं २ को आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक उपनिर्वाचनलाई लक्षित गरी सात जिल्लामा सात वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ स्थानीय तहको रिक्त पदका लागि भने कात्तिक २७ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ । स्थानीय तहका उम्मेदवारले मनोनयन दर्ता गरेपछि प्रचारप्रसारका लागि १० दिनको समय पाउने बताइएको छ ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ मा वडाध्यक्षको, बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं १ को वडाध्यक्ष पदमा, रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं २ को वडाध्यक्ष, सर्लाहीको हरिपुर्वा नगरपालिका– १ को वडाध्यक्ष पदमा, महोत्तरीकै बलवा नगरपालिका वडा नं २ र ८ को वडाध्यक्ष पदमा, सिरहाको कल्याणपुर नगरपालिका वडा नं १२ को वडाध्यक्ष पदमा, सप्तरीको छिनमस्ता गाउँपालिका वडा नं ७ को वडाध्यक्ष पदमा र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचन तयारी पूरा भएको छ ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा हुने वडाध्यक्षको उपनिर्वाचनका लागि सोही गाउँपालिका वडा नं २ मा रहेको दीपनारायण आदर्श माध्यमिक विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको भन्दै जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले त्यहाँ दुई हजार ६०२ जना मतदाता रहेको बताएका छन् ।
कात्तिक २७ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको र त्यसभन्दा अगाडि सर्वदलीय बैठक गरी निर्वाचन आचारसंहिता लगायतका विषयमा दलसँग छलफल गरिने मुख्य निर्वाचन अधिकृत तथा न्यायाधीश प्रकाश खरेलले बताए।
दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गरेका जनप्रतिनिधिको मृत्यु भएपछि निर्वाचन आयोगले रिक्त रहेका सो पदमा उपनिर्वाचनको घोषणा गरेपछि सो ठाउँका जनप्रतिनिधि तथा विभिन्न दलका प्रतिनिधिले उपनिर्वाचनमा आ–आफ्ना दलका प्रतिनिधिलाई उठाउनेबारे जोड घटाउसमेत गर्न थालेको छ । गाउँ, चौक चौराहामा रहेका चिया पसलमा उक्त उपनिर्वाचनबारे चर्चापरिचर्चा शुरु हुन थालेका छन् ।
कतिपय दलले उम्मेदवारको नामसमेत घोषणा गरिसकेका छन् भने कतिपय दल उम्मेदवारको खोजी गर्न थालेका छन् । अघिल्लो निर्वाचनको मतपरिणामको तथ्याङ्क केलाउँदा उपनिर्वाचनमा पनि मुख्य २ शक्ति नेकपा र काङ्ग्रेसबीच प्रतिस्पर्धा हुने कल्याणपुर नगरपालिका वडा नं १२ का मतदाता लोचन ठाकुरको ठम्याइ रहेको छ । त्यहाँ वडा अध्यक्ष रामदेव यादवको मृत्युपछि हुन लागेको उक्त चुनावमा तीन हजार २०० मतदाता रहेका छन् ।
प्रदेश नं २ मा हुने उपनिर्वाचनमा मतदाताले विकासलाई प्राथमिकता दिने उम्मेदवारलाई नै मत दिने अडान राखेको देखिन्छ । उपनिर्वाचनको मिति जतिजति नजिकिँदै छ त्यतित्यति चुनावी गतिविधि बढ्दै गएको छ । चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा आगामी उपनिर्वाचनमा कुन दलले जित्ला भन्ने विषयले चासो र चर्चा पाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: