काठमाडौं । जबरजस्ती करणी उद्योगको अभियोगसहित मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन्।
इजलासले पीडितको सुरु किटानी जाहेरी, उपचार गराउन जाँदा महराले कुटपिट गरेको भन्ने ‘मेडिकल हिस्ट्री’, घटनापछि पीडितले तीनकुने सामुदायिक मार्गस्थित डेरामा घटना भएको भन्दै प्रहरीको १०० नम्बरमा गरेको फोनलाई आधार बनाएको छ।
आजको अन्नपुर्णमा खबर छ - यस्तै उक्त विवरण प्राप्त भएपछि रानीपोखरी प्रहरी प्रभागबाट बानेश्वर प्रहरी वृत्तलाई दिएको निर्देशन, बानेश्वर प्रहरीका डीएएपीले पीडितको कोठामा पुगेर गरेको घटना मुचुल्का, कांग्रेस नेतृ उमा रेग्मीलाई मोबाइलमा सुनाएको घटना विवरणले पनि घटना पुष्टि हुने इजलासको ठहर छ।
महराका सुरक्षाकर्मीले पीडितको ढोकामा पुर्याएको भन्दै गरेको कागज, रक्सीको बोतलसहित आएको भन्दै प्रहरीलाई दिएको जानकारी, महरा राति साढे आठ बजेसम्म सामुदायिक मार्गमै देखिएको सीसीटीभी फुटेजजस्ता प्रमाणबाट किटानी जाहेरी पुष्टि भएको विश्लेषण इजलासको छ। यस्तै कोठाबाट बरामद भएका रक्सीका गिलास, बोतल, पुरुषले लगाउने जुत्ताको तलुवा, फुटेको चस्माको डन्डी र सिसा तथा पेनड्राइभलाई प्रमाणका रूपमा लिइएको छ।
पीडित भनिएकी महिला रोशनी शाहीले टीभीमा दिएको अन्तर्वार्ता र महराका विषयमा अभियोगपत्र दायर भएपछि दिएको कागजलाई तत्काल कानुनी प्रमाणका रूपमा ग्रहण गर्न नमिल्ने निक्र्योलमा अदालत पुगेको छ। शाहीले शरीरमा घाउचोट लागेपछि मेडिकलमा उपचार गराउन जाँदा ‘केस हिस्ट्री’ मा महराले हातपात गरेको भन्दै उल्लेख गरेको विषयलाई अदालतले थुना आदेशमा ठोस प्रमाणका रुपमा ग्रहण गरेको छ।
पीडित शाही सोमबार पनि आफ्ना कुरा राख्न इजलासमा पुगेकी थिइन्। अभियोगपत्र दायर हुनुअघि र पछि पनि उनले भनेका कुरा इजलासको जानकारीमा रहेको भन्दै बोल्न रोक लागाउने गरी इजलासबाट रुलिङ भएको थियो। त्यसपछि शाही इजलासबाट बाहिरिएकी थिइन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: