भक्तपुर । प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सांसदले पाउने सरकारी सेवा सुविधाको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा खर्च गर्ने बताएको हो ।
सांसद बस्नेतले भने, “मेरो नेतृत्वमा अहिले भक्तपुरले विकासको मुहार फेर्दैछ, अबको तीन वर्षमा भक्तपुर जिल्ला विकासमा नमूनाको जिल्ला बनाउने अठोट गरेको छु, यो सँगै अब मैले सरकारी सरकारी सेवा सुविधाबाट आएको रकमको १० प्रतिशत सामाजिक सेवामा लगाउँछु ।”
बस्नेतले घोषणासँगै पहिलो रकम मध्यपुरथिमि नगरपालिकामा रहेको खाँसी पोखरी पुनःनिर्माणको लागि रु एक लाख सहयोग गरे । उनले सांसदले पाउने क्षेत्र विकास कोषबाट मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक गरेको शंखधर पार्क निर्माणमा रु ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
त्यसैगरि सांसद बस्नेतले क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि रु ३० लाख र इ–लाईव्रेरीको लागि रु ३० लाख गरी ६० लाख उपलब्ध गराउने समेत घोषणा गरे ।
सरकारले मध्यपुरथिमिको नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलयमध्ये कुनै एकको रुपमा विकास गर्ने योजना सहित रु एक करोड ५० लाख रकम विनियोजन भएको बताए । त्यसैगरि भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको सम्पदा वस्ती संरक्षण गर्न सरकारले रु १५ करोड रकम व्यवस्था गरेको जानकारी दिए।
सरकारले गरेको विकासको काम नदेख्ने वा नदेखे झै गर्नेहरुले नै सरकारले विकास गरेन भन्न थालेको बताउँदै उनले अब भक्तपुरको विकास निर्माणको लागि स्रोत तथा साधनको कुनै अभाव नहुने बताए । सांसद बस्नेतले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकको घलाते, मध्यपुरथिमिको गठ्ठाघर र मध्यपुर थिमिकै बोडेमा तीन वटा नयाँ आकाशे पुलहरु निर्माण हुन लागेको बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: